Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/nigaranitimes/public_html/wp-config.php on line 94
दुवै मृगौला पीडित तेजबहादुरलाई नेकपाको आर्थिक सहयोग - Nigranitimes

दुवै मृगौला पीडित तेजबहादुरलाई नेकपाको आर्थिक सहयोग

चैत्र १ गते, कानेपोखरी । मोरङको कानेपोखरी–६, का दुवै मृगौला पीडित तेज बहादुर मगरलाई नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कानेपोखरीले आर्थिक सहयोग गरेको छ ।

६१ बर्षिय मगरलाई नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ४ नं. वडाकमिटिले २१ हजार ७ सय १५ रुपैया सहयोग गरेको हो । वडा कमिटि सदस्यहरुबाट संकलन गरेको सो रकम शनिबार पीडित मगरलाई हस्तान्तरण गरेको छ । नेकपा मोरङ जिल्ला सचिवलाय सदस्य तथा कानेपोखरी गाउँपालिका उपाध्यक्ष राजमती इङ्नाम र नेकपा गाउँ कमिटि अध्यक्ष भोला अधिकारीले सो रकम हस्तान्तरण गरेका थिए ।

मगर पूर्व एमालेमा लामो पार्टी राजनीतिमा गाउँकमिटि सदस्य हुँर्दै क्षेत्रिय सदस्य सम्मको क्रियाशिल राजनीतिक गर्दै अहिले नेकपा गाउँकमिटि सदस्यको जिम्मेवारी पाएका छन् । मगर तीन बर्ष अघिदेखी दुवै मृगौलाले काम गर्न नसके पछि पीडित बन्दै आएको छ ।

अहिले हप्ताको दुई पटक डायलसिस गरिरहेको छ । विराटनगर स्थित नोबेल अस्पतालमा हप्ताको दुई पटक डायलसिस गर्दै आएका छन् । गएको स्थानीय तह, प्रदेश र संघिय सरकारको निर्वाचमा खुब घाम पानीमा हिडियो चुनाव सकिएिपछि विरामी भएर हस्पिटल भर्ना हुदा हस्पिटलले दुवै मृगौलाले काम गर्न छाडेको रिपोट दिएपछि आफु छक्क परेको पीडित मगरले बताए ।

तीन बर्ष अघि पहिलो पटक चिरन्जीवि चुडालको सहयोगमा उर्लाबारीमा रहेको अरनिको हस्पिटलमा बेड भर्ना हुदा डा. सन्यसिंहले चेकजाच पछि दुवै मृगौलाले काम गर्न छाडेको रिपोट दिएका थिए । त्यसपछि लगतै विराटनगर स्थित नोबेल अस्पतालमा गएको बताए ।

त्यहाँ डायलसिस गरिहाल्नु पर्छ भनेपछि गरेर काठ्माडौंको मनमोहन स्मृती हस्पिटलमा एक हप्ता उपचार गरेको मगरले बताए । त्यस पछि कलंकीको नेश्नल हस्पिटलमा डा. अर्चन शम्शेर राणाबाट १५ दिन बेड भर्ना भई उपचार पछि घर फर्केका थिए । मगरलाई डा.राणाले मृगौला प्रत्यारोपन गर्न सकिने भनेका छन् । अहिले ८ लाख खर्च भैसकेको बताएका छन् ।

परिवारसंग छलफल गरेर मृगौला फेर्ने तयारीमा रहेको पीडित मगरले बताए । डाक्टरले मृगौला प्रत्यारोपन गर्न २० लाख खर्च हुने बताएका छन् । आर्थिक संकलनमा जुटेको बताउँर्दै सबैलाई सहयोग गरिदिनु हुन उनले आग्रह गरेका छन् ।

सम्बन्धित खवर