राष्ट्रिय युवा संघद्रारा प्रहरीलाई मास्क वितरण

चैत्र ११ गते, पथरी । राष्ट्रिय युवा संघ नेपाल पथरीशनिश्चरे नगरकमिटीले नगरभित्र रहेको प्रहरीहरुलाई मास्क वितरण गरेको छ ।

मंगलबार संघले प्रहरी चौकी कुशेचौरी, सशस्त्र प्रहरी बेस क्याम शनिश्चरे, सशस्त्र प्रहरी भुटानी सुरक्षा बेस क्याम्प लगाएतका स्थानमा पुगेर प्रहरीहरुलाई ६० थान मास्क वितरण गरिएको हो । सरकारले लकडाउन गरेता पनि जनताको सुरक्षामा खटिएका प्रहरीहरुलाई मास्क उपलब्ध गराएका संघको नगर सहसंयोजक नवीन जङ कार्कीले बताए ।

केही दिन अगाडी नगरका स्वास्थ्य संस्थाहरुमा पुगेर कालोबजारी विरुद्ध अनुरोधात्मक खबरदारी, कोरोना भाइरस सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरेको र होर्डिङ बोर्ड लगाएको थियो । संघले पर्चा बाड्र्दै सेनिटाईजरको प्रयोग विधि सिकाइनुका साथै बाढेको थियो ।

युवाहरूले जेष्टनागरिक तथा सामाजिक सुरक्षाभत्ता बितरण गरिरहेका बैंकहरुमा गएर बैंकका म्यानेजरहरुलाइ सेनिटाइजर र मास्क निःशुल्क वितरण गर्नका लागि ध्यानाकर्षण गराइएको थियो भने उपस्थित जेष्टनागरिकहरुलाई यसको प्रयोगको विधि सिकाइ हात सफा गरिदिएका थिए ।

सम्बन्धित खवर