पथरीशनिश्चरे नगरमा निरन्तर अनुगमन गर्दै

चैत १५ गते, पथरी । पथरीशनिश्चरे नगरपालिका कार्यालयले कोरोना भाइरसको संक्रमणको नियन्त्रण गर्न निरन्तर अनुगमनमा लागेका छन् ।

अनुगमन्को अभियान अन्तरगत नगरवासीलाइ घर बाहिर ननिस्किन अनुरोध गर्दै शनिबार पनि नगर क्षेत्र अनुगमन गरेको हो । नगर उपप्रमुख एवम अनुगमन समिति संयोजक यमुना बिष्ट बास्तोलाको नेतृत्वमा इलाका प्रहरी कार्यालय पथरी सहितको टोलीले नगर लकडाउनको अवस्था र अत्यावश्यक बस्तुको उपलब्धताका बारेमा अनुगमन गरेको थियो ।

यसक्रममा, सामान्य काममा समेत बाहिर हिड्डुल गर्नेहरुलाइ सम्झाउदै कोरोनाको संक्रमणबाट आफू पनि बाच्न र अरुलाइ पनि बचाउन निर्देशात्मक अनुरोध गरिएको समिति संयोजक बास्तोलाले जनाए । मास्क नभएकाहरुलाइ मास्क प्रदान गर्दै अत्यन्तै सचेत रहन आग्रह गरिएको छ ।

टोलीले बजारमा खाद्यान्न र ग्यासको अवस्थाको पनि अनुगमन गरेको छ । खाद्यान्नको अभाब नभएको साथै ग्यास पनि आउदै गरेको पाइएको छ । कन्काइको केही ग्यास आएको र रिजालको ग्यास पनि भोलि आइपुग्ने उल्लेख छ । औषधि, खाद्यान्न सहितका अत्त्यावश्यक बस्तुको उपलब्धताका लागि पथरी उद्योग वा िणज्य संघ सङगको सहकार्य अघिबढाइएको छ ।

सम्बन्धित खवर