चैत २१ गते, रमाइलो । मोरङको कानेपोखरी गाउँपालिका स्थित वडा नं. ६ को वडाध्यक्ष सहित ४ जना वडासदस्यले पनि एक महिनाको तलब गाउँपालिकाको राहत कोषमा जम्मा गर्ने भएको छ ।
शुक्रबार वडाकार्यालयमा बसेको बैंठकले राहत कोषमा एक महिनाको तलब जम्मा ५० हजार रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो । वडाध्यक्ष खड्ग बस्नेत, वडासदस्यहरु मुना श्रेष्ठ, त्रिभूनाथ नेपाल,अशोक परियार र दवि बि.कले सो बराबरको रकम जम्मा गर्न लागेको हो ।
सो रकमले कानेपोखरी गाउँपालिका क्षेत्र भित्रको कोरोना भाइरस पीडित दैनिक ज्यालादारी गरी खाने मजदुरको घरपरिवारलाई राहत स्वरुप वितरण गरिने वडाध्यक्ष खड्ग बस्नेतले बताए । जनप्रतिनिधिहरुबाट यस्तो राहत प्याकेजको घोषना कानेपोखरीमा यो दोस्रो हो । यस अघि वडा नं. २ ले वडाका सवै जनप्रतिनिधिहरुले एक महिनाको तलब दिने घोषना गरेका थिए ।