वडा नं. ४ का जनप्रतिनिधिले पनि एक महिनाको तलब राहत कोषमा जम्मा गर्ने

चैत २१ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ४ का जनप्रतिनिधिले पनि आफ्नो एक महिनाको तलब गाउँपालिकाको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

शुक्रबार वडाकार्यालयमा वडाध्यक्ष धनबहादुर राईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । वडाध्यक्ष सहित ४ जना वडासदस्यले एक महिनाको तलब जम्मा ४९ हजार ४ सय रुपैया कोरोना भाइरस पीडित दैनिक ज्यालादारी गरी खाने मजदुरको घरपरिवारलाई राहत वितरणको लागी दिइने घोषना गरेका हुन ।

राहत दिने वडा सदस्यहरु रोषन लामिछाने गुरुङ, शिव दुलाल, सावनी माझी र श्याकुमारी बि.कले आफ्नो एक महिनाको तलब दिएको छ । जनप्रतिनिधिबाट यस्तो राहत प्याकेजको घोषना कानेपोखरीमा तेस्रो वडाको रुपमा रहेको छ ।

सम्बन्धित खवर