बैशाख २० गते, पथरी । मोरङको विभिन्न पालिकामा पथरी–काठमाडौ मैत्री समाजले पिपिई वितरण गरेको छ ।
समाजले कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाममा खटिएका स्वास्थ चौकी तथा अस्पतालका स्वस्थकर्मीको लागी पिपिई प्रत्येक पालिकालाई हस्तान्तरण गरेको हो ।
समाजका संस्थापक संयोजक टीका गौतमको पहलमा अमेरिका नेपाल चिकित्सा प्रतिष्ठानले उपलब्ध गराएको पिपिई पथरीशनिचरे, रतुवामाई, उर्लाबारी, लेटाङ, बेलबारी, सुन्दरहरैचा नगरपालिका र मिक्लाजुङ, कानेपोखरी गाउँपालिकामा बितरण गरिएको समाजका सचिब अशोक खनालले बताए ।
सामान उपलब्ध गराएर समन्वय गर्न अवसर दिएकोमा अमेरिका नेपाल चिकित्सा प्रतिष्ठानले र डा. भुपेन्द्र कुमार बस्नेत लगायत सो अभियानमा सहयोग पुर्याउने जनप्रतिनिधिहरुलाई समाजका संस्थापक संयोजक टीका गौतमले धन्यवाद ब्यक्त गरेका छन ।
समाजको संस्थापक संयोजक टिका गौतम, बर्तमान अध्यक्ष लक्ष्मी प्रसाद कोइराला, उपाध्यक्ष बिकास घिमिरे, सचिब अशोक खनाल र सल्लाहकार सदस्य यज्ञ प्रसाद चौलागाईंको टोलिले उक्त सामाग्री पालिकाहरुमै पुगेर हस्तान्तरण गरेको थियो ।
समाजले केहिदिन अघि कोरोना भाइरस (कोभिड–१९) को महामारीमा काठमाडौमा अलपत्र परेका पथरीशनिस्चरे नगरबासीहरुलाई नगरपालिकाको समन्वयमा बस रिजर्भ गरेर नगर पठाएको अध्यक्ष कोइरालाले बताए ।