बुधबार, कार्तिक १९, २०८२

नगर क्षेत्रमा योजनाहरुको अनुगमन्

जेठ ३२ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रका योजनाहरुको अनुगमन् कार्य निरन्तर भइरहेको छ ।नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको नेतृत्वको प्राविधिक सहितको टोलीले १ लाख ६४ हजार रुपैयाँको लागतमा वडा नम्वर १० रिंगुवास्थित नवज्योति भजन किर्तन मण्डलीमार्फतको प्रकारेश्वर मन्दिरको मर्मत संहार योजनाको अनुगमन् गरेको छ ।

९ नम्वर वडाको गंगाराम ओझाको घर उत्तर सिंहवाहिनी मावि दक्षिणको बाटोको ग्राभेल सहित नाला खन्ने कामको पनि अनुगमन् भएको छ । ५ लाखको लागत स्टिमेटमा ६ सय मिटर लम्वाई र ५ दशमलव ५० मिटर चौडाईको बाटो ग्राभेल भएको हो ।८ नम्वर वडाको मिलनचोक पश्चिममा शिवजी चोक जाने बाटोमा १० लाखको लागतमा कल्भर्ट निर्माण तथा बाटोको दुवैतर्फ माटो पुराई कार्यको पनि अनुगमन् गरिएको छ । ५ नम्वरको कोशेली चोकबाट मानबहादुर थापाको घर जाने बाटोमा ४ लाखको लागतमा ९ सय ५० मिटर लम्वाईको ग्राभेल कार्यको पनि अनुगमन भएको छ ।

सवै वडाहरुमा निर्माणको क्रममा रहेको आधारभूत स्वास्थ्य केन्द्र अन्तर्गत ६ नम्वरमा ६५ लाखको लागतमा निर्माण भइरहेको आधारभूत स्वास्थ्य केन्द्रको पनि टोलीले अनुगमन् गर्दै गुणस्तरीय काम अघि बढाउन निर्देशन गरेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.