असार १८ गते, पथरी । लायन्स क्लव अफ कानेपोखरीले कानेपोखरी–६, स्थित पाजुचोकमा रहेको सरस्वती आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन् ।
विद्यालयमा एक कार्यक्रमविच क्लबले कापीकलम र खेलकुदको सामाग्री हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा लायन्स अफ कानेपोखरी सभापती गणेश सुवेदी, पूर्व सभापती कुमार फुयल, उपाध्यक्ष डिल्ली प्रसाद फुयल, सचिव कृष्णा कुमारी दवाडी, कोषाअध्यक्ष मनोज अधिकारी र सदस्य हरु उपस्थितमा विद्यालयलाई हस्तान्तरण गरेका थिए ।
विद्यालय व्यवस्थापन अध्यक्ष विवेक लिम्बु, प्रधानध्यापक चन्द्र मगर, भूतपूर्व विद्यार्थी संगठनका अध्यक्ष खगेन्द्र बराईली, शिक्षक र विद्यार्थीहरु उपस्थित रहेका थिए । कक्षा १ देखि ५ सम्म रहेको विद्यालयमा अहिले अंग्रेजी माध्यमबाट पढाई गरिने प्रधानाध्यापक चन्द्र मगरले बताए ।
सो विद्यालयमा अंग्रेजी माध्यमबाट अध्यापन शुरु गर्न अभियान नै संचालन गरेर गाउँका सबै जना लागि परेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक लिम्बु, भूतपुर्व विद्यार्थी संगठनका अध्यक्ष खगेन्द्र बराईली लगाएत स्थानीयहरु विद्यालय व्यवस्थापनमा लागेका छन् ।