असार २६ गते, पथरी । कुनै पनि समस्या आए निराश वन्नु भन्दा मनोसामाजिक परामर्शद्वारा समाधान खोजेर निराशारहित जीवन जिउनु पर्ने उपप्रमुख यमुना विष्ट वास्तोलाले बताएका छन् ।पथरीशनिश्चरे नगरका उपप्रमुख वास्तोलाले आज वडा नं. ९ स्थित जनचेतना सामुदायिक सिकाई केन्द्रले आयोजना गरेको मनोसामाजिक तथा मानसिक स्वास्थ्य सम्वन्धी ५ दिने आधारभूत तालिमको उद्घाटन् गर्दै सो कुरा बताएको हो ।
प्रमुख अतिथि वास्तोलाले कुनै पनि समस्याको समाधान हुने भएकाले समस्याको कारण पत्ता लगाएर मानसिक रुपले समेत स्वस्थ वन्नका लागि नगरमा यसखाले तालिम आवश्यक रहेको वताए । उनीले जत्तिसुकै समस्या आएपनि निराश नभई आत्महत्याको बाटो रोज्न नहुने जनाए ।
प्रतिमा गुुरुङ र विनिता तिम्सिनाबाट तालिमको सहजिकरण भएको सिकाई केन्द्रका अध्यक्ष गोविन्द कटुवालले जनाए । ३० जना सहभागि रहेको तालिमका लागि नगरपालिकाले ५० हजार रुपैयाँ उपलब्ध गराएको थियो ।