नगर स्वास्थ्य शाखाले खरिद गरेको विभिन्न औषधिको अनुगमन्

साउन ११ गते, पथरी । आफ्नो मातहतका स्वास्थ्य संस्थामार्फत निःशुल्क रुपमा प्रदान गरिने औषधिहरुको अवस्थाका बारेमा नगरको अनुगमन् समितिले अनुगमन् गरेको छ ।आइतबार नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोला नेतृत्वको टोलीले नगरको स्वास्थ्य शाखाका कर्मचारीलाई भेटी खरिद भएका विभिन्न प्रकारका औषधिका सवै पक्षका बारेमा जानकारी लिएको हो ।

यसैबीच, अनुगमन् समितिले प्रदेश सरकार र नगरको सम्पन्न योजनाहरुको पछिल्लो अवस्थाको बारेमा जानकारी लिएको छ । जसमा वडा नम्वर १० र ८ लगायतका योजनाहरु रहेका छन् ।

सम्बन्धित खवर