भदौ २५ गते, बयरवन । एक महिना अघि देखि कुष्ठरोगले थला परेकी मोरङ कानेपोखरी–३ को ४३ बर्षीय भालो ऋषिदेवलाई गाउँपालिकाले सहयोग गरेका छन् ।
बुधबार गाउँपालिकाका उपाध्यक्ष राजमती इङ्नाम, वडाध्यक्ष खड्ग बस्नेत र स्वास्थ्य शाखाबाट झुमादेवी दुलाल लगाएतको टोली घरमै पुगेर खाद्यन्न सहयोग गरेको हो । औषधि लगाएतका स्वास्थ्य सामाग्री, एक बोरा चामल, दाल, तेल र फलफुल लगाएत प्रदान गरेका थिए ।
भालो ऋषिदेवको रोग पुरानो भए पनि निको हुदै आएको थियो । दवाई खान छोडेपछि रोग बल्झीएको छिमेकीहरु बताउँछन् । रोगी आमालाई रेखदेख गर्ने एक छोरा र बुहारी छन् । बुहारी सुत्केरी भएको ६ महिनाको भएको छ ।दैनिक ज्यालादारी गरे पछि मात्र ऋषिदेवको चुल्होमा आगो बल्छ । अहिले लकडाउनको कारण काम गर्न पाएको छैन । बेरोजगारी भएकै कारण रोगी आमालाई राम्रो खान, फलफुल खानेकुरा दिन नसकेको उनका छोरा बताउँछन् ।
रोगले थला परेकी भालो ऋषिदेवको ओच्छान मैलो छ । लाम्खुटे रोक्ने झुल पनि पुरानो मैलो र कालो छ । यस्तो देखेपछि झुल पनि गाउँपालिका ल्याईदिने वडाध्यक्ष बस्नेतले बताए ।