पथरीमा १३ बर्षिय बालिकालाई बलात्कार गर्ने डाक्टर पक्राउ

                                  फोटो फाइल

असार २६ गते, पथरी । १३ बर्षिय बालिकालाई जवरजस्ती बलात्कार गरेको अभियोगमा पथरीबाट आँखा डाक्टरलाई प्रहरीले पक्राउ परेका छन् ।

मोरङ पथरीशनिश्चरे–१ स्थित दृष्टि चस्मा घरमा कार्यरत सप्तरी जिल्ला घर भएका २८ बर्षिय आँखा डाक्टर राजेश साहलाई इलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो । शाहालाई पीडित परिवारले इप्रका पथरीमा जवस्जस्ती करणी सम्बन्धी किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेका छन् ।

आँखा डाक्टर शाहले अश्लिल भिडियो देखाउदै ती बालिकालाई पटक पटक जबरजस्ति करणी गरेको पीडित बालिकाले प्रहरीको बयानमा भनेका छन् । साहा र पीडित परिवार एउटै घरको फ्लाइटमा डेरा बस्दै आएका थिए ।

बालिकाको अभिभावक घरमा नभएको बेला साहाले ती बालिकालाई अश्लिल भिडियोहरु देखाउदै जबरजस्ति करणी गर्दै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । साहाले बलत्कार गर्न थालेपछि बालिका दिनदिनै नियउरो हुने र अप्ठेरो गरी हिड्न थालेपछि अभिभावकले सोधखोज गर्दा जबरजस्ति करणीमा परेको घट्ना खुलेको थियो ।

बालिकाले सो कुरा परिवारमा भनेपछि अभिभावकको उजुरीको आधारमा मंगलबार इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएका थिए । नियन्त्रण रहेको साहा विरुद्ध जबरजस्ति करणी सम्बन्धी मुद्धा दर्ता गरेर कारबाही थालिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी कृष्ण खड्काले बताए ।

सप्तरी जिल्ला स्थायी घर भएका २८ बर्षिय साहाले आफूलाई आँखाको डाक्टर भन्ने गरेपनि सो स्तरको स्वास्थ्यकर्मी हो, होइन प्रमाण पत्र मगाउने काम भइरहेको इलाका प्रहरी कार्यालय पथरीमा मुद्धा शाखामा कार्यरत प्रहरी नायव निरीक्षक गिरीराज खड्काले बताए ।

 

सम्बन्धित खवर