एमाले कानेपोखरीमा उपाध्यक्ष र सचिव सर्वसम्वत, अध्यक्षको चुनाव अन्यौल

कात्र्तिक १० गते, कानेपोखरी । नेपाल कम्युनिष्ट पार्टी(एमाले) कानेपोखरी गाउँ कमिटीको उपाध्यक्ष र सचिव पद सर्वसम्वत भएका छन् ।

निर्वाचन समितिले दिएको समयमा अरु उमेद्वारले उमेद्वारी फिर्ता लिएपछि सचिवमा निर्वतमान सचिव चरण गुरुङ सर्वसम्वत भएका छन् । त्यसैगरी पदाधिकारीमा उपाध्यक्ष पद बाहेक अरु पदमा महिलाहरुले उमेद्वारी नदिएपछि उपाध्यक्षमा यशोदा लिम्बु सर्वसम्वत हुने निश्चित भएको छ ।

निर्वाचन समितिले उमेद्वारी फिर्ता लिनेको समय बढाएपछि उमेद्वारी फिर्ता लिने काम पनि रोकिएको छ । उपसचिवमा हरि न्यौपाने र टंक प्रसाद घिमिरेले उमेद्वारी फिर्ता लिएको छ । बाँकी अशोक फुयल, याम प्रसाद पौडेल, देवीन समाल आले, गोपाल भट्टाई, अनिल कार्की, वीर वहादुर कार्की, डम्बर बहादर कटुवाल र कृष्ण थामी उपसचिवमा उमेद्वारी रहेको निर्वाचन समितिको संयोजक दामेदर सिग्देलले बताए ।

अध्यक्षपदमा निर्वतमान संयोजक दानबहादुर बस्नेत र निर्वतमान सहसंयोजक सुशिल बुढाथोकीको चुनावी मैदनमा भिड्न्त हुने भएको छ । तर निर्वाचन कहिले हुने भन्ने बारेमा अन्यौल रहेको निर्वाचन समितिले जनाएको छ । वडा नं. १ बाट ८ जना, २ बाट १२ जना, ३ बाट ७ जना, ४ बाट १२ जना, ५ बाट ९ जना, ६ बाट १३ जना र ७ बाट ९ जना पालिका कमिटी सदस्यमा सर्वसम्वत चयन भएका छन् ।

गत ६ गते वडा अधिवेशनबाट प्रतिनिधि छनौट चयन गरिएको थियो । वडाबाट गाउँकमिटीमा सदस्यरहने सवै, वडामा निर्वाचित ३१ जना र संगठित सदस्यको आधारमा वडा अधिवेशन हलबाट छनौट भएको प्रतिनिधि गाउँ कमिटीको उमेद्वारलाई मत दिने र उमेद्वार बन्ने अधिकार रहने विद्यानमा छ । गाउँपालिकाको ७ वटा वडाबाट ५१४ जना प्रतिनिधि रहेको छ ।

सम्बन्धित खवर