असोज २२ गते, दाङ । शिक्षिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा घोराहीका एक शिक्षक पक्राउ परेका छन् ।
घोराहीस्थित एक विद्यालयमा कार्यरत शिक्षक शिवकुमार रानालाई सहकर्मी शिक्षिकालाई यौन दुर्व्यवहार गरेको जाहेरीका अधारमा पक्राउ गरेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।
रानाले शिक्षिकालाई यौन दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विद्यालय प्रशासनले रानालाई बर्खास्त गरेको छ ।
विद्यालयले बुधबार विज्ञप्ती जारी गरी शिक्षक रानालाई सेवाबाट बर्खास्त गरी कानूनी कारबाहीको प्रक्रियामा सहयोग गर्ने जानकारी दिएको छ ।
शिक्षिकाले कैची माग्दा रानाले आफ्नो यौनांगमा कैंची राखेर आफैं लैजान भनेको भिडियो सार्वजनिक भएको थियो । भिडियो सार्वजनिक भएपछि बुधबार नै रानालाई पक्राउ गरिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । इकान्तिपुरबाट