
प्रिय गोकुल
तिमी फर्केर आउ यो रास्ट्रलाई तिम्रो खाचो छ
हो ,मलाई पनि लाग्थ्यो तिमीले त्यसो गरेउ कि भन्ने किनकी म तिम्रो बारेमा धेरै जानकार थिईन । जब तिम्रा बारेमा यति धेरै नफरतका ज्वाला निस्कन थाले अनि मलाई तिम्रो बारेमा जान्ने जिज्ञासा जाग्न थाल्यो । किनकी, म जहिले पनि जिज्ञासु छु ।
म बुझदै गए । तिमीले बोलेका कुरा यु ट्युब मार्फत हेर्दै गए । त्यतिले मात्र मलाई चित्त बुझाउन सकेन, अनि महिले तिम्रा जिल्ला तिरका फेसबुकेहरुसंग सम्पर्क गर्ने काम अगाडी बढाए ।
कुरा गर्न सुरु गरे, तिम्रो बारेमा सोधपुछ गरे, मलाई चाहिएको सूचना लिए । अनि, म ढुक्क भए । तिमीबाट त्यो काम भएको हुन सक्दैन । किनकी, तिम्रो स्वभाव त्यस्तो हैन छैन र रहेनछ ।
मलाई लाग्थो पार्टी फरक हुँदा बिरोध गरिन्छ । तर मलाई थाहा भयो त्यसो हैन रहेछ । आज काभ्रेमा कुनै पार्टी हैन, सारा काभ्रेली जनता चिन्तित रहेछन् । किनकी, उनीहरुले देशको राजनितीमा भूमका खेल्न सक्ने नेतृत्व आज राम्रो काम गर्दा गर्दै संकटको सामना गर्दै गरेको देखेका छन् ।
मैले तिम्रा बारेमा धेरै कुरा खोजीगर्दा एमाले ,मावोबादी र काग्रेस सबैलाई सोधेको थिए । तर, तिम्रो बारेमा मैले कुनै विवाद पाईन । अफवाहको पछिभन्दा पनि बरु चिन्ता गरेको पो पाए । तिमीले सफाई पाउछौ कि पाउदैनौ भन्ने । अनि फेरी तिमी विकास र समृद्धि बोकेर जिल्ला फर्कन्छौ कि फर्कदैनौ भनेर उनीहरुले चिन्ता गरेको पो पाए ।
तर मेरो जिज्ञासु मनले खोजेका कुराका आधारमा म भन्छु , कि यो देशलाई तिम्रो खाचो छ ,तिमी फर्केर आफुलाई नि र्दोष साबित गरेर आउ । अनि फेरि हिजोको जस्तै आँट र साहसका साथ काममा लाग ।
किनकी, म मनै देखिको कुरा भन्छु । जबदेखि तिमी सरकारमा छैनौ त्यस दिनदेखि नुन बिनाको तरकारी जस्तै भएको छ । सरकारनै नभएको जस्तो कताताकता खन्लो र सुनसान पो भएको छ ।
अरुले जे भनुन् मैले तिम्रा बारेमा खोज्दै जादा देखिएका तथ्य र लागेको आरोपले थप अझ जान्ने जिज्ञासा जागेको छ ।समयक्रममा यी सत्य तथ्य सहित आउने छन् ।
१. प्रिय गोकुल,तिमी संचार मन्त्री भए पछि सरकारी स्वामित्वको नेपाल टेलिकम नाफामा जान लाग्यो । तिमीले फोर जि सुरु गरायौं त्यहाँ पनि तिमीलाई आरोप लगाए तर तिमी गलेनौ अझ अगाडी बढेउ । तिमीले अलपत्र रहेको अप्टिकल फाईबरलाई गति दियौ । आज टेलिकमको फोर जि प्रयोककर्ता बढे अनि एनसेलको फोरजी प्रयोककर्ता छ लाख घटे यस्मा तिम्रो के दोष ?
२. तिमीले नेपालको आफ्नै सेटेलाईट राख्ने सपना देख्यौ । त्यो अरु कसैले पूरा गर्न सकेका थियन । तर, तिमी आएपछि नेपालीको यो सपना साकार भयो । अब नेपालले भारतीय सेटेलाईट प्रयोग गर्नु नपर्ने भयो यस्मा तिम्रो के दोष ?
३. तिमी संचारमन्त्री भएपछि बेहाल भएका सरकारी संचार माध्यमले ज्यान पाएका छन् । गुमनाम गोरखापत्र आज भोली देखिएको छ । त्यति मात्र हैन नाफामा जान थालेको छ । नेपाल टेलिभिजन र रेडियोको मर्ज गरेर ब्यबस्थापनमा सुधार ल्याउने तिम्रो प्रयास जारी थियो । त्यसमा तिम्रो के दोष ?
४. कथित अडियो प्रकरणमा २८ अर्बमा सेक्युरिटी प्रेस खरिद गर्ने भनिए नि त्यो त तिमीले १८ अर्बमा खरिद प्रक्रिया अगाडि बढाएका रहेछौ नी । यस्मा तिम्रो के दोष ?
५. चौधरी ग्रुप लगाएतले ग्रामिण क्षेत्रमा टेलीफोन सन्चालन लाईसेन्स लिएर अनुदान पचाउने अनि राज्यलाई दिनुपर्ने कर नतिर्न खोज्दा तिमी झुकेनौ छौ । कथित घरहानासँग नझुकिए सत्यकर्ममै लाग्यौ, अडिक भयौं यस्मा तिम्रो के दोष ?
६. तिमीले आफुले प्रतिनिधित्व गरेको जिल्लाका जनतालाई समृद्धिको सपना साकार पार्न सयौं योजना कार्यान्वयन गरेउ ,काभ्रेली जनतालाई आश देखाएयौं, विकास र समृद्धिप्रती एकढिंका बनायौ र जगायौं, यसमा तिम्रो के दोष ?
सुरुमा त मलाई पनि लागेकै हो, कतै तिमीले काम विगार्यौ कि भन्ने । टेप पछि जब महिले तिमीले सेक्युरेटी प्रेसका लागि चालेका कदमहरु हेर त्यसपछि भने भने मैले बुझे हो तिमीमाथि षडयन्त्र भएकै रहेछ ।
बाहिर ल्याईएको टेपमा भनिएजस्तो सेक्युरेटी प्रेस किन्न नत तिमीले २७ लाई २८ बनायौं नत भनिएको स्विस कम्पिनीसँग नै काम गर्यौ । बरु तिमीले सक्दो लागत घटायौं । सरकार टु सरकार प्रकृया बढाएर कमिशनको नाउँ निसानै नहुने काम गर्यौ ।
मलाई थाहाँ भो तिमीले काम बढाएदेखिनै न्वारनदेखिको बल लगाएकाहरुले तिमीलाई गलाउनसक्नेसम्म गलाउन खोजेकै थिए । जनताको बीचबाट उठेका तिमी जनताको पक्षमा लागि नै रहँदा अन्तत दलालहरुको शिकार बनेछौ ।
बार्षिक ७ अर्बको छपाइएको काम नेपालमै गर्न खोज्नु, बर्षैदेखि रोकेर धुलो लागेका फाइल अगाडी बढाउँदै छिटोभन्दा छिटो प्रेस ल्याउने तिम्रो प्रयत्नले खाइ पाइ आएकाहरु झस्किए होलान् ?
कथित मिडियाका नाउँमा श्रमजीवि पत्रकार ऐनको पालना नगर्ने मिडियालाई तिमीले न्यूनतम पारिश्रम नदिए राज्यबाट दिने सेवा र सुविधा रेकेबाटै अतालिएकै थिए । श्रममाराहरुका लागि तिमी आँखाको कंसिगर बन्यौ रत तिनीहरु लागे ।
टेपमा आएजस्तो नत तिमीले त्यसका लागि कुनै बैठक राख्यौ, नत कुनै प्रकृया नै अगाडी बढायौं । नत त्यो टेपमा आएजस्तो गरी नै काम हुँदै थियो । त्यसैले प्रिय गोकुल तिमीमाथि छरिएका झुटका पुलिन्दाहरुलाई एक एक गरी चिर्नै पर्छ ।
बेमानीहरुका भ्रममा केही दिन दुनियाँ तमासेबन्ला तर इतिहास र तथ्यले तिमीलाई सधै धुमिल्याउनसक्ने तागत उनीहरुसँग छैन । तिमी फर्केर आउ गोकुल कामरेड । यो रास्ट्रलाई तिम्रो खाचो छ ।पाथीभरा दैनिकबाट
विकास थापा