कात्र्तिक ११ गते, काठमाडौं– नेकपा (एमाले)को १० औं महाधिवेशनमा १ हजार ५ सय ३६ जना प्रतिनिधि हुने भएका छन् ।
बिहीबार बसेको स्थायी कमिटी बैठकले देशभर ७ लाख २१ हजार जना पार्टी सदस्यबाट १ हजार ५ सय ३६ जना प्रतिनिधि हुने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । त्यसमध्ये भूगोलबाट १ हजार १ सय ९६ जना रहनेछन् ।
प्रत्येक प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट ३ जना महिला आउने र त्यो ३३ प्रतिशत हुने उहाँले बताउनुभयो । ४९ प्रतिशत खुला प्रतिनिधि हुने र ५१ प्रतिशत समावेशी प्रतिनिधि हुने ज्ञवालीले जानकारी दिएका छन् । स्थायी कमिटीको निर्णयलाई भोलिको केन्द्रीय कमिटीमा लगेर अनुमोदन गरिने छ ।