पञ्चायत माविमा अनेरास्ववियुको कमिटी गठन, अध्यक्षमा दुर्गाराम

मंसिर २० गते, पथरी । नेकपा एमाले निकट भात्री संगठन अनेरास्ववियुको पञ्चायत माविमा कमिटी गठन भएको छ ।

सोमबार एक कार्यक्रमको आयोजना गरी दुर्गाराम भट्राई अध्यक्षतामा ६५ सदस्य पारम्भिक कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा पूर्णिमा तामाङ, गृष्मा चिमरिया र गरिमा घिमिरे चयन भएका छन् । त्यसैगरी सचिवमा विजय लिम्बु र सेरेहाङ लिम्बु रहेका छन् । त्यस्तै सहसचिवमा सजिना खड्का, मनिष माझी, पूजा मण्डल रहेका छन् भने कोषाध्यक्षमा जोस्ना रायमाझीले जिम्मेवारी पाएका छन् ।

त्यस्तै सदस्यहरुमा भूमिका धिमाल, समिर सेन्चुरी, प्रताप राई, कुमारी खनाल, कुमारी आङ्वो, सविना भण्डारी लगाएत ६५ जना कार्यसमिति रहेका छन् । कार्यक्रम अनेरास्ववियु केन्द्रिय सदस्य निता कुलङ राईको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा अनेरास्ववियु जिल्ला सहसचिव संगम कन्दङवा र सचिवलाय सदस्य एलिस ओझाको उस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खवर