कोइराला परिवारद्धारा पशु अस्पतालका लागि जग्गा दान

पुस ८ गते, पथरी । मोरङको पथरीशनिश्चरे–३ का स्थानीय कोइराला परिवारले पशु अस्पतालको लागि जग्गा दान गरेको छ ।

मदन भण्डारी कृषि मार्गमा छेउमा पशु अस्पताल भवन निर्माणका लागि इन्द्रदेवी कोइराला परिवारले २ कित्ताबाट गरी ३ कठ्ठा २ धुर जग्गा दान गरेको हो । कोइराला परिवारले वडा कार्यालयको नाममा जग्गा रजिष्ट्रेशन गरिदिएका छन् ।

सो जग्गालाई विहिबार नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले जग्गा अवलोकन गर्दै स्थानीय दाताहरुले गरेको सहयोगमा कृषि तथा पशुपंक्षीको विकास तथा वडा तथा आधारभूत स्वास्थ्य कार्यालयहरु निर्माणका लागि नगरले पहल गरिरहेको वताइन् ।

वडाध्यक्ष डम्बरबहादुर चेम्जोङ, वडा सदस्य देवीप्रसाद घिमिरे, नगर पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल, पशु प्राविधिक पर्वत साह, अमिन सागर श्रेष्ठ सहित स्थानीयवासीले जग्गाको अवस्था अवलोकनमा सहभागी भएका थिए । नेपाल लाभइस्टक सेक्टर इनोभेसन आयोजनाले विश्व बैंकको सहयोगमा अस्पताल निर्माण गर्ने भएको हो ।

सम्बन्धित खवर