गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत सहित ९ जना कर्मचारी सम्मानित

पुस १९ गते, रमाइलो । मोरङको कानेपोखरी गाउँपालिकाको १० औं गाउँसभामा ९ जना कर्मचारी सम्मानित भएका छन् ।

सोमबार रमाइलो साकोसको सभाहलमा सम्पन्न गाउँसभाले पालिकाको काममा सक्रिय भूमिका निर्वाह गर्नुहुने प्रमुख प्रशासकीय अधिकृत गायत्र श्रेष्ठ, लेखा अधिकृत अजित भट्टराई, इन्जिनियर रन्जन निरौला, जिन्सी शाखा प्रमुख यादव निरौला र स्वास्थ्य शाखा संयोजक रोहिन्द्र कुमार राजभण्डारीलाई सम्मान गरेको हो ।

त्यसैगरी योजना शाखा प्रमुख गणेश रेग्मी, १ नम्बर वडा सचिव श्याम चौधरी, २ नम्बर वडासचिव कमला निरौला र कार्यालय सहयोगी पदम प्रसाद भट्टराईलाई सम्मान गरेको थियो ।

उनिहरुलाई गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नामले सम्मान पत्रले सम्मान गरेको थियो । सभाले आर्थिक बर्ष २०७८÷०७९ को सम्मशोधित योजना तथा कार्यक्रम पारित गरेको छ ।

सम्बन्धित खवर