रमाइलो र जनएकता साकोस एकीकरण हुदै, दुवै संस्थाको सम्पति सवा एक अर्ब

माघ ७ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–६, स्थित रमाइलोमा रहेको दुई ठुला सहकारी एकीकरण हुने भएको छ । रमाइलो बचत तथा ऋण सहकारी संस्था र जनएकता बचत तथा ऋण सहकारी संस्था विच एकीकरण हुने भएको हो ।

दुवै संस्थाले भोली शनिबार संयुक्त साधारणसभाको आयोजना गरी एकीकरण बारेमा आफ्ना सेयर सदस्यहरुलाई जानकारी दिने भएको छ । दुई बर्ष अघिको एकीकरणको प्रयासले विभिन्न पक्षमा सहमती जुट्दै दुई महिना अघि संस्था एकीकरण बारे टुङ्गिएको थियो । एकीकरणमा नाम रमाइलो जनएकता बचत तथा ऋण सहकारी संस्था रहने छ । संचालक समिति, विभिन्न उपसमितिमा नाम सहमती भएकोले भोली शनिबार हुने साधारण सभामा जानकारी गराउने जनएकता साकोसका अध्यक्ष भोला अधिकारीले बताए ।

प्रदेश सहकरी रजिष्ट्ररको कार्यालय, प्रदेश नं. १ इटहरीमा २०७८ मंसिर १९ गते एकिकरणको स्वीकृत भएको थियो । संस्थाले यस अघि १५ दिने लगाएत विभिन्न सूचना प्रकाशित गर्दै आफ्ना सेयर सदस्यहरुलाई जानकारी गराएका थिए ।

एकीकरण पछि संस्थाले ७ वटै वडामा सेवा केन्द्र स्थापना गरी सेयर सदस्यहरुलाई विभिन्न सुविधा दिने तयारी गरेको छ । ५ सय भन्दा बढी सेयरसदस्य रहेको वडामै ईकाइगत रुपमा साधारण सभा गरी योजना बुनेको छ ।

दुवै संस्थाको सम्पति सवा एक अर्ब
एकिरण पछि दुवै संस्थाको वासलात रकम १ अर्ब १२ करोड ११ लाख ९८ हजार ६४ रुपैया हुने भएको छ । पुँजी तथा दायित्व अन्गतरगत सेयर पँुजी १३ करोड ५८ लाख ५२ हजार ३ सय रुपैया रहेको छ । त्यसैगरी कोष हिसाव १४ करोड १७ लाख ९० हजार २ सय २ रुपैया र बचत हिसाव ८१ करोड ५७ लाख २२ हजार २ सय ८७ रुपैया रहेको छ । त्यसैगरी बाह्रय ऋण २ करोड ५० लाख र अन्य दायित्व २८ लाख ३२ कराड ८ सय ५१ रुपैया अनुमानित वासलात रहेको छ ।

त्यसैगरी सम्पति तथा मौज्दातमा नगद मौज्दत ४३ लाख ८ सय ५१ रुपैया, बैंक मौज्दात १९ करोड ६० लाख ७६ हजार ५ सय ३० रुपैया, लगानी तथा बचतमा १ करोड २० लाख ९० हजार ४ सय ५५ रुपैया, ऋण ८६ करोड ७८ लाख ५५ हजार ४ सय ६६ रुपैया, पेश्की तथा अग्रिम भुक्तानी हिसाव १४ लाख ७० हजार ४ सय २८ रुपैया र स्थिर सम्पति ३ करोड ९६ लाख ४ हजार ३ सय ३४ रुपैया अनुमानित वासलात रहेको छ ।

रमाइलो साकोस
रमाइलो साकोसको ५ हजार १ सय ८९ जना सेयर सदस्य रहेको छ । सेयर पँुजी ४ करोड ८६ लाख २ हजार ८ सय रुपैया रहेको छ । त्यसैगरी कोष हिसाव ५ करोड ८२ लाख ७७ हजार ४ सय ३४ रुपैया रहेको छ । संस्थाले १ करोड ६२ लाख १७ हजार ५ सय ६४ रुपैया शुद्ध बचत गरेको छ ।

जनएकाता साकोस
जनएकता साकोसको ४ हजार ८ सय ४० जना सेयर सदस्य रहेको छ । सेयर पुँजी ४ करोड ४८ लाख ६१ हजार ३ सय रहेको छ । त्यसैगरी कोष रकम ५ करोड ८९ लाख ८५ हजार ३ सय १२ रुपैया रहेको छ । त्यस्तै वचत तथा निक्षेप ३९ करोड १२ लाख ८५ हजार ६७ रुपैया रहेको छ । संस्थाले १ करोड ३५ लाख ७९ हजार ३ सय ४६ रुपैया शुद्ध बचत गरेको छ ।

सम्बन्धित खवर