मिक्लाजुङ दोस्रो अध्यक्ष कपको उपाधि ५ नम्बर वडाको हातमा

लङ्सिङ श्रेष्ठ

फागुन ५ गते, मिक्लाजुङ । मोरङको मिक्लाजुङमा सम्पन्न दोस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाइनल खेलको उपाधि वडा नम्बर १ ले हात पारेको छ ।

बुधबार भएको फाइनल खेलमा वडा नम्बर १ लाई सडनडेथमा ६–५ को अन्तरले हराउँदै उपाधी ५ नम्बर वडाले हात पारेको हो । खेलको निर्धारित समयमा गोल रहित बराबरीमा सकिए पछी खेल टाइबे्रकरमा गएको थियो । टाइवे्रकरमा पनी खेल बराबरी भए पछी खेलको छिनोफानो सडनडेथले गरेको थियो ।

विजेता ५ नम्बर वडाले नगद ५१ हजार, ६५ तोलाबाट बनेको चाँदीको ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए । त्यसैगरी उपविजेता टिमले नगद रु ३१ हजार, ट्रफि र प्रमाण–पत्र प्राप्त गरेको थिए । बिजेता र उपबिजेता टिमलाई मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्य, उपाध्यक्ष सरला राईले नगद, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरेका थिए ।

खेलमा म्यान अफ द म्याच वडा नम्बर १ का देउचन राई घोेषित हुदै पुरकृत भएका थिए । प्रतियोगितामा बेस्ट डिफेन्स पदम राई, राइजीङ प्लेयर सागर अधिकारी, हाई स्कोरर दिलीप राई, बेस्ट गोल किपर निशान मगर, बेस्ट फर्वाड दिलिप राई, बेस्ट मिड फिल्डको आसिस राई र बेस्ट प्लेयर सुरेश राई घोषित हुदै पुरस्कार प्राप्त गरेका थिए ।

खेल माघ २६ गतेबाट सुरु भएको थियो । फाइलन खेल अघि वडा नम्बर १ र वडा नम्बर ७ बिच महिलाहरुको मैत्रीपूर्ण फुटबल खेल भएको थियो । सो खेलमा १ नम्बर वडा विजयी भएको थियो ।

सम्बन्धित खवर