कानेपोखरीको भौसाबारीबाट ५६ किवि अवैध काठ बरामद

 

तस्विर फायल

फागुन २० गते, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका -५ स्थित भौसाबारीबाट अवैध काठ बरामद भएको छ ।
विष्णु चौधरी नाम गरेको व्यक्तीको बारीबाट लुकाइछुपाई राखेको ५६.२३ क्युफिट सालको काठ बरामद भएको कानेपोखरी सव-डिभिजन वन कार्यालयका अधिकृत तुलसीलाल यादवले बताए ।

गोप्य सूचनाका आधारमा ग्रामीण सुधार साव कानेपोखरी, जनजागृती सामुदायिक वन र सव-डिभिजन वन कार्यालय कानेपोखरीबाट खटिएको संयुक्त टोलिले सो काठ बरामद गरेको हो ।

विष्णु चौधरी अहिले सम्पर्कविहिन रहेका छ्न, ‘ हामी अनुसन्धानको प्रक्रियामा रहेका छौं, काठ कहाँबाट र कसरी ल्याइयो, छानबिन गरेर बाहिर ल्याउने छौँ, ग्रामीण सुधार वनका अध्यक्ष नवीन राईले बताए ।

उनले भने, ‘पछिल्लो समय लकडाउनको मौका छोपेर काठ चोरी निकासी बढ्न थालेपछि हामीले वन गस्ती र निगरानीलाई कडा रुपले अघि बढाएका छौं ।’

 

सम्बन्धित खवर