मङ्लबार, साउन २६, २०८३

कानेपोखरीमा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

 

बैशाख २७ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिका –४ मा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको छ । आइतबार वडा नं. ४ को पार्टी कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरि नेपाली कांगे्रस र माओवादीबाट ३२ जना सक्रिय युवाहरु एमालेमा प्रवेश गरेको हो ।

अरु पार्टीहरुले चुनाव ताका जनतामाझ ठोस र चित्तबुभ्दो योजना नल्याई भ्रम मात्र छर्ने एजेन्डाहरु ल्याएको भन्दैँ ४ नं.वडाको विभिन्न टोलबाट कृष्ण घिसिङ, विकास पुरी, नविन खड्का, भुपेन मगर, विरेन घिसिङ, सागर चौधरी, रोशन दाहाल, सन्तोष लिम्बू, टंक नेपाल, तेज बहादुर तामाङ, राहुल राय, अर्जुन बि.क., राज कार्की, योगेश मगर लगायतका ३२ युवाहरु उत्साहका साथ पार्टि प्रवेश गरेका छन् ।

उनिहरुलाई एमाले प्रदेश सदस्य ताराबहादुर काफ्ले र भेषनाथ रिजाल, अध्यक्षको उम्मेदवार राजमती इङ्नाम, उपाध्यक्षको उम्मेदवार भोला अधिकारी, जिल्ल कमिटी सदस्य दान बहादुर बस्नेत र नविन पौडेल, ४ नं. पार्टी अध्यक्ष टेक बहादुर तामाङ लगायतले अबिर, खदा लगाएर स्वागत गरेका थिए ।

सो कार्यक्रम बोल्दैँ एमाले प्रदेश सदस्य तारा बहादुर काफ्ले र भेषनाथ रिजालले एमाले कानेपोखरी सो क्षेत्रको अन्य सबै पार्टी भन्दा बलियो र यसपटकको स्थानीय निर्वाचनमा अत्याधिक मतका साथ विजयी हुनेमा ढुक्क रहेको बताए ।

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.