शुक्रबार, फाल्गुन १, २०८२

पथरी क्याम्पसद्धारा नगर प्रमुख र उपप्रमुख सहित वडाध्यक्षहरुलाई सम्मान

जेठ १२, गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरका नव निर्वाचित नगर प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरुलाई पथरी बहुमुखी क्याम्पसले बधाई र सम्मान गरेको छ ।

बुधबार क्याम्पसका सभाहलमा नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देवीमाया काफ्लेलाई कार्यकालको बधाई दिर्दै सम्मान गरेको हो । त्यसैगरी १० वडाका वडाध्यहरु भीमकुमार राई, नैना राई, विजय लिम्बू, लोकनाथ न्यौपाने, चेतेन्द्र खडका, कृष्णकुमार बस्नेत, उद्धवराज वस्नेत, नवीन कार्की र जीवन खतिवडालाई पनि बधाई तथा सम्मान गरेको थियो । त्यसैगरी कानेपाखरी गाउँपालिका उपाध्यक्ष भोला अधिकारीलाई पनि सम्मान गरिएको थियो ।

उनिहरुलाई क्याम्पसका संचालक समितिका अध्यक्ष रामकुमार बस्नेतको नेतृत्वमा कानेपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष ताराबहादुर काफ्ले, पूर्व क्याम्पस संचालक समितिका अध्यक्ष मोहन न्यौपाने, क्याम्पस संचालक समितिका उपाध्यक्ष माधव कोइराला लगाएतले फुलको गुच्छा, खदा, मायाको चिनो र सम्मान पत्रले सम्मान गरेका थिए ।

नगरको एकमात्र उच्चशिक्षा हासिल गर्ने समुदायस्तरको क्याम्पस सञ्चालनमा भएको आर्थिक कठिनाइलाई सहज बनाउँदै लान जनप्रतिनिधिहरुको पहल आवश्यक रहेको बक्ताहरुले बताए । कार्यक्रममा ताराबहादुर काफ्ले, सहायक क्याम्पस प्रमुख शान्तिराम तिम्सिना लगाएतले बोलेका थिए । त्यसैगरी नगरप्रमुख मोहन प्रसाद तुम्वापो, उपप्रमुख देवीमाया काफ्ले, वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपानेले धन्यवाद दिर्दै शुभकामना ग्रहण गरेका थिए ।

त्यसैगरी कार्यक्रममा इप्रका पथरीका डिएसपी वेदप्रसाद गौतम, नेकपा एमाले केन्द्रिय सदस्य युवराज बास्कोटा, एमाले नगरकमिटीका अध्यक्ष रमेश दाहाल लगाएत क्याम्पस संचालक समितिका पदाधिकारीहरु, शिक्षकशिक्षिका उपस्थित रहेका थिए । कार्यक्रम क्याम्पस प्रमुख चेतन पौड्यालले संचालन गरेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.