शुक्रबार, कार्तिक २१, २०८२

स्वास्थ्य विमा प्रति सरकार नकारात्कम कदम चाल्दै –सांसद ढकाल

असार १७ गते, कानेपोखरी । मोरङ क्षेत्र नं. ३ का सांसद तथा पूर्व मन्त्री भानुभक्त ढकालले स्थानीय तहले स्वास्थ्य विमा कार्यक्रम ग्रामिण क्षेत्रमा प्रभावकारी बनाउने भनिरहदा अहिलेको सरकारले स्वास्थ्य विमा कुनै नीजि कम्पनीसँग जोडेर स्वास्थ्यको नीति तथा कार्यक्रम ल्याएको बताए ।

विहिबार मोरङको कानेपोखरी गाउँपालिका–६, स्थित जनसेवा माविको नमुना तीन तले भवन शिलान्यास तथा स्वास्थ्य स्वयंसेवीका र स्नातकतहका छात्राछात्रलाई साइकल वितरण कार्यक्रममा सो कुरा बताएका हुन । सांसद ढकालले स्वास्थ्य विमा प्रति अहिलेको सरकार सकारात्मक नभएको बताउँदै केही व्यक्ति कमिसनको लोभमा अहिलेको सरकारले स्वास्थ्य विमा अन्तरगत अस्पतालबाट दिने सेवा सिफ्ट गरेर कुनै नीजि कम्पनीबाट गर्ने तयारी गरेको बताए ।

सांसद ढकालले महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई पनि कामको आधारमा स्थायी दरवन्दी गर्नुपर्ने बताए । स्वास्थ्य र शिक्षामा सरकारले विनासर्त लगानी गर्दै जानुपर्ने र विनासर्त लगानी गरे समाज शिक्षित हुन्छ, समाज शिक्षित भयो भने समाज रुपान्तर र विकास तर्फ जाने बताएका छन् ।

मेडिकल कलेजहरुलाई अनुमति दिनु भन्दा अघि मेडिकल कलेज संचालन गरेको जिल्लामा स्थानीय तहसँग समवन्य गरी बर्षको दुई चोटी निःशुल्क स्वास्थ्य शिविर गर्नुपर्ने सरकारसँग सम्झौता भएको हुन्छ । तर यहाँका मेडिकल माफियाहरुले कहिले गर्दैनन्, पार्टीको चुनाव आउँन लाग्दा चुनाव अघि भोट माग्न नीजि पैसा लगानी गरेर निःशुल्क स्वास्थ्य शिविर गरेको भन्दै जनताको आँखामा छल्ने काम गरिरहेको छ, यस्तो कुरा जनताहरुले लेखाजोखा गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै सांसद ढकालले नाम मात्रै नमुना नभई साँचिकै नमुना भवन, विद्यालयको पठनपाठन नमुना र विद्यालय नमुना हुनु पर्नेमा जोड दिए । कार्यक्रममा निवर्तमान गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले पनि सम्बोधन गरेका थिए ।

जनसेवामा ५ करोडमा २४ कोठे ३ तले नमुना भवन बन्न लागेको हो । त्यसैगरी महिला स्वास्थ्य स्वयंसेवीका र रमाइलो बहुमुखी क्याम्पसमा स्नातकतहमा अध्ययनरत छात्रालाई गाउँपालिकाले साइकल खरिद गरी वितरण गरेको छ । आर्थिक बर्ष २०७८/०७९ अनुसार गाउँपालिकाले ८१ वटा लेडिज साइकल खरिद गरी साईकल वितरण गरेको हो । गाउँपालिका क्षेत्रमा रहेको २६ जना महिला स्वास्थ्य स्वयंसेवीकालाई साइकल वितरण गरेको थियो ।त्यसैगरी रमाइलो बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत १०५ जना छात्रा अध्ययनरत छन् । ती मध्ये ५५ जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई साइकल वितरण गरेको थियो ।

गाउँपालिकाको आयोजना र जनसेवा माविको संयोजनमा भएको कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष चरण गुरुङ, वडा नं. ६ का वडा अध्यक्ष खड्ग बस्नेत, वडा नं. ७ का वडा अध्यक्ष मोहन प्रसाद अधिकारी र वडा नं. ३ का वडा अध्यक्ष गोपाल कार्की,जनसेवा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम पौडेल उपस्थित रहेका थिए । त्यसैगरी एमाले प्रदेश सदस्य भेषनाथ रिजाल, जिल्ला सदस्य दान बहादुर बस्नेत र नविन पौड्याल, पार्टी ६ नम्बर अध्यक्ष कुमार फुयल, नेपाली कांग्रेस प्रतिनिधि देवेन्द्र थापा अतिथि रहेका थिए ।

गाउँपालिका अध्यक्ष राजमती इङ्नामको सभाध्यक्षमा भएको कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिका उपाध्यक्ष भोला अधिकारीले गरेका थिए । कार्यक्रमा संचालन पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले गरेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.