बुधबार, माघ २१, २०८२

ऐतिहासिक कानेपोखरीको सरसफाई

साउन ३१ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाको आयोजनामा ऐतिहासिक कानेपोखरीको सरसफाई भएको छ ।

मंगलबार गाउँपालिकाका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला अधिकारी र प्रमुख प्रशासकिय अधिकृत सन्तोष घिमिरे र गोविन्द फुयलको उपस्थितमा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल कानेपोखरी, मदन भण्डारी स्पोर्टस एकेडेमी कानेपोखरी, अखिल नेपाल महिला संघ कानेपोखरी र आईटिएफ तेक्वाण्डो डोजाङ कानेपोखरी पनि व्यानर सहित उपस्थित भएर सरसफाई गरेका थिए ।

५ नम्बर वडाका वडा अध्यक्ष चरण गुरुङ, वडा नंं ६ का वडा अध्यक्ष खड्ग बस्नेत, ७ नम्बर वडा का वडाध्यक्ष मोहन प्रसाद अधिकारी, राष्ट्रिय युवा संघ मोरङका इन्चार्ज भूपाल श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका केन्द्रिय सदस्य कुमार फुयल, राष्ट्रिय युवा संघ नेपाल कानेपोखरी अशोक फुयल, मदन भण्डारी स्पोर्टस एकेडेमी कानेपोखरीका अध्यक्ष जीवन मिभक, आईटिएफ तेक्वाण्डो डोजाङ जिल्ला अध्यक्ष युवराज भुजेल लगाएतको उपस्थित रहेका थिए । त्यसैगरी अस्थाई प्रहरी चौकी कानेपोखरी, कार्यपालिका सदस्य, वडासदस्य, सामुदायिक वन समितिका सदस्यहरु उपस्थित रहेका थिए ।

उपस्थित सवैजनाले पोखरी वरीपरी रहेको फोहोर मैला, झारपात निकालेका थिए । पोखरी पस्ने गेटको उत्तरदक्षिणमा रहेको झाडी सफा गरेका थिए । गिटी र बालुवा सम्याउने काम र पर्यटकले फालेको पानीको बोतल, प्लाष्टिक लगाएत भेला पारी फोहोर फाल्ने ठाउँमा फालेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.