बुधबार, माघ २१, २०८२

विद्युत नभएको स्थानमा विद्युत विस्तार गर्दै कानेपोखरी गाउँपालिका

भदौ २७ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिका र विद्युत प्राधिकरण रंगेलीको सहकार्यमा पालिकाको विभिन्न वडामा विद्युत विस्तार भएको छ ।

पालिकाको विभिन्न स्थानमा तार नपुगेको ठाउँमा तार र आवश्यक स्थानमा ट्रान्सफार्मर जडान भएको हो । पछिल्लो समयमा वडा नं. ५ स्थित जहदामा ५० केभिको ट्रान्सफार्मर र ८ सय मिटर तार जडान गरिएको छ । सोही वडाको मानेचोकमा १ सय केभिको ट्रान्सफार्मर र कटुवाल चोक जाने बाटोमा २ वटा पोल सहित १५सय मिटर तार विस्तार भएको हो ।

वडा नं. ४ को त्रिवेणी चोक जाने बाटोमा १५ सय मिटर तार विस्तार गरिएको छ । यस्तै वडा नं. २ को केरौन प्रगती टोल, मरिया टोल र पाखा नहरमा १ वटा पोल सहित २ हजार मिटर तार जडान गरिएको छ । कानेपोखरी अस्पतालमा १ सय र केरौनको प्रगति टोल ५० केभिको ट्रान्सफार्मर जडान हुने क्रममा छ ।

केही समय अघि देखी गाउँपालिका अध्यक्ष राजमती इङ्नाले विद्युत नभएको ठाउँमा विद्युत विस्तार विस्तारको लागि चासो देखाउँदै आएका थिए । गाउँपालिकाले विद्युत प्राधिकरण शाखा रंगेलीलाई विद्युतीय ट्रान्सफार्मर, तार र पोलको आवश्यकताको बारेमा जानकारी गराएउँदै आएको थियो ।

गाउँपालिकाको आग्रहमा नेपाल बिधुत प्राद्यिकरण शाखा रंगेलीका प्रमुख शशिकान्त तिवारी, सुपर भाइजर विश्वनाथ शाह, भगवानदेव चौधरी, कर्मचारी राम राजवंशीको टोलिले अनुगमन पञ्चात आवश्यक ठाउँमा विद्युत विस्तार भएको गाउँपालिका अध्यक्ष राजमती इङ्नाले बताइन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.