मङ्लबार, कार्तिक १८, २०८२

पालिको केन्द्र सार्ने प्रक्रिया गलत भएको भन्दै एमाले नेताहरुको सामूहिक राजीनामा

बैशाख १८ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिकाको केन्द्र सार्ने प्रक्रिया गलत भएको भन्दै नेकपा(एमाले) कानेपोखरी ६ नं. शाखा कमिटीको सिंगो टिमले सामूहिक राजिनामा दिएका छन् ।

कानेपोखरी गाउँपालिकाको केन्द्र गाउँसभाले सार्ने निर्णय गरेपछि सोमबार सामूहिक राजिनामा दिएको हो । जनसेवा माविको सभाहलमा भएको नेता तथा कार्यकर्ता भेलाले सामूहिक राजिनामा दिने निर्णय गरेको थियो । कार्यक्रममा अगुवा नेताहरुले आआफ्नो धारणा राखेका थिए ।

आइतबार गाउँसभामा प्रस्तावको रुपमा प्रशासकीय भवन खरिद गरेको जग्गामा सार्ने वा यथावत भन्ने विषयमा भोटिङ भएको थियो । प्रशासकीय भवन सार्ने विषयमा दुई तीहाइ मत आएको थियो । त्यस पछि माइनेटिङ लेख्ने क्रममा गाउँपालिकाको केन्द्र सार्ने नै लिखितम निर्णय गरेपछि सामूहिक राजिनामा दिएको जिल्ला सदस्य नविन पौडेलले बताए । यसरी जनतालाई झुक्याउन नपाईने उनको तर्क थियो ।

यसरी राजीनामा दिनेमा नेकपा एमाले मोरङ जिल्ला सदस्य नवीन पौडेल, गाउँ कमिटी सचिवालय सदस्य खड्गबहादुर बस्नेत, गाउँकमिटी सचिवालय सदस्य सुशीला श्रेष्ठ, वडा नं. ६ पार्टी इन्चार्ज नारायण कुमार बस्नेत, सह– इन्चार्ज भोलानाथ पराजुली, वडा नं. ६ का पार्टी अध्यक्ष डिल्ली प्रसाद फुयल, सचिव अन्जुला श्रेष्ठ, वडा नं. ६ का निवर्तमान पार्टी अध्यक्ष कुमार फुयाँल, उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य डिल्ली फुयाँल, राष्ट्रिय युवा संघ कानेपोखी निवर्तमान अध्यक्ष अशोक फुयाँल, जेष्ठ कम्युनिस्ट सदस्य मदनप्रसाद फुयाँल, युवराज दवाडी, राजकुमार बराल, राजकुमार लिम्बू, दुर्गा वि.क.लगायत नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका हुन् ।

उनीहरुले पार्टी निर्णय प्रक्रियालाई वेवास्ता गर्दै एकलौटी ढंगले पद्धतिको कुनै पनि अनुसरण नगरी गाउँपालिकाले खरिद गरेको जमिनमा भएको भ्रष्टाचारको विषय सत्य तथ्य सार्वजनिक नगराई हुनसक्ने भ्रष्टाचारको ढाकछोप गर्ने उद्देश्यलाई बल पु¥याउने नियतबाट गाउँपालिकाको केन्द्र सार्ने र प्रशासकीय भवन बनाउने निर्णय गरेको दाबी गरेका छन् ।

यो निर्णयले पारदर्शिता माथि प्रश्न खडा गरेको बताउँदै उनीहरुले आफ्नो नेतृत्वको पालिकाको स्थानीय सरकारलाई देश र जनताप्रति उत्तरदायी रहन आग्रह गर्दा पनि अस्वीकार गरेको जनाएका छन् । भोली मंगलबार वडा नं. ६ का निर्वाचित ५ चै जनाले राजिनामा दिने तयारी रहेको अशोक फुयलले बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.