जेठ १३, कानेपोखरी । कानेपोखरी गाउँपालिकामा नगरप्रहरी र अग्नि नियन्त्रकहरुको ५ दिने विपद् व्यवस्थापन तालिमको समापन भएको छ ।
कानेपोखरी गाउँपालिका र बेलबारी नगरपालिकाको आयोजनामा भएको तालिम शुक्रबार समापन भएको हो । समापन कार्यक्रममा सहभागिहरुलाई प्रमुख प्रशासकिय अधिकृत विष्णुकुमार थेगुवा, वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत र वातावरण तथा विपद् व्यावस्थापन समिति कानेपोखरी गाउँपालिका अध्यक्ष तथा ७ नं. वडाध्यक्ष मोहन प्रसाद अधिकारीले प्रमाण पत्र प्रदान गरेका थिए ।
५ दिन सम्म भएको तालिमलाई उमेश ढकाल, सानुराम दाहाल र निराकार थापाले सहजिकरण गरेका थिए । तालिममा मोरङको चार पालिका नगरप्रहरी, अग्नि नियन्त्रक र नगर सवारी चालकल सहभागि थिए । कानेपोखरी गाउँपालिका, बेलबारी नगरपालिका, लेटाङ नगरपालिका र पथरीशनिश्चरे नगरपालिकाका ३४ सहभागी थिए ।
तालिमलाई जुद्व बारुणयन्त्र भक्तपुरबाट प्राविधिक सहयोग गरेका कानेपोखरी गाउँपालिका नगरप्रहरी प्रमुख युवराज भुजेलले बताए ।