हिसान स्पोर्टस् मिटमा कान्तीपुर,पशुपती,शिक्षादीप,सिटी , मडर्न एरा, अरनिको, अर्किड र कान्तीपुर कलेज विजयी

१२ माघ, विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण अन्तरगत विहिबार भएको खेलमा कान्तीपुर,पशुपती,शिक्षादीप,सिटी , मडर्न एरा, अरनिको, अर्किड कान्तीपुर कलेज विजयी भएका छन् ।

विराटनगरको वैजनाथपुरको क्रिकेट मैदानमा भएको खेलमा कान्तीपुर कलेज र अरनिको कलेज विजयी भएको छ ।

पहिलो खेलमा कान्तीपुरले मेरिल्याण्ड कलेजलाई ५६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कान्तीपुरले निर्धारित १६ ओभरमा ५ विकेट गुमाई १ सय २४ रन जोडेको थियो । जस्मा राज वर्माले ४४ रन जोड्दा कृतिक कामतले २५ रन जोडे । मेरिल्याण्डका सागर पोद्धारले २ विकेट लिए ।

१ सय २५ रनको चुनौती पाएको मेरिुल्याण्डले १३ दशमलव ५ बलमा सवै विकेट गुमाई ६८ रनमा सिमित भयो । जस्मा कुष्णकुमार देवले सर्वाधिक २४ रन बनाए । कान्तीपुरका म्यान आफ द म्याच कृतिक कामत सर्वाधिक ३ विकेट लिए ।

दोस्रो खेलमा अरनिको कलेजले कोवास कलेजलाई १ सय ६ रनको विशाल अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ५३ रनको विशाल योगफल बनाएको थियो । जस्मा सागर मोचीले ४९ रन बनाउँदा सोनु साहले ४१ रन बनाए । कोवासका अभय यादवले २ विकेट लिए ।

१ सय ५४ रनको चुनौती पाएको अरनिकोले १२ दशमलव २ बलमा सवै विकेट गुमाई ४७ रनमा सिमित भयो । कोवासका कुनै पनि खेलाडीले दोहोरो अंकलाई छुन सकेनन् । अरनिकोका म्यान आफ द म्याच अमर यादवले सर्वाधिक ५ विकेट लिए ।
त्यस्तै शहिद मैदानमा भएको फुटबल खेलमा सिटी, मडर्न एरा,अर्किड र कान्तीपुर कलेज विजयी भएका छन् ।

पहिलो खेलमा विराटनगरको सिटी कलेजले नेता उर्लाबारीको होली चाइल्ड स्कुललाई २–१ को गोल अन्तरले पराजित गरेको छ । सिटीको जितमा म्यान अफ द म्याच सन्दीप राई र भरतकुमार साहले १–१ गोल गरे भने उलाबारीका मौसम लावतीले १ गोल गरे ।

दोस्रो खेलमा विराटनगरको मडर्न एरा स्कुलले बुद्ध स्कुललाई सडन डेथमा ६–५ को गोल अन्तरले पारजित गरेकबो छ । निर्धारित समय र पेनाल्टी सुटआउटमा दुवै टिमले बराबरीमा खेल खेलेपछि खेलको सडन डेथबाट भएको हो । खेलमा म्यान अफ द म्याच मडर्न एराका सन्दीप भट्टराई घोषित भए ।

तेस्रो खेलमा अर्किड कलेजले शिक्षादीप कलेजलाई २–१ को गोल अन्तरले पराजित गरेको छ । अर्किडको जितमा म्यान अफ द म्याच सागर विश्वकर्मा र अनिष श्रेष्ठले १–१ गोल गरे भने शिक्षादीपका प्रसिद्ध पोखरेलले १ गोल फर्काए ।

चौथो खेलमा कान्तीपुर कलेजले जनक स्कुललाई १–० को गोल अन्तरले पराजित गरेको छ । कान्तीपुरको जितमा म्यान आफ द म्याच आयुस मगर १ गोल गरे ।
त्यस्तै आजै भएको भलिबलमा कान्तीपुर कलेज। पशुपती स्कुल र शिक्षदीप विजयी भएका छन् ।

पहिलो खेलमा कान्तीपुरले जनक स्कुललाई २५–७ र २५–९ को सोझो सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच कान्तीपुरका कमल श्रेष्ठ घोषित भए ।

दोस्रो खेलमा पशुपती स्कुलले सिद्धार्थ स्कुललाई २५–१४ र २५–१३ को सोझो सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच पशुपतीका कृष्णकुमार सहनी घोषित भए ।

तस्रो खेलमा शिक्षदीप कलेजले अरनिको कलेजलाई २५–८ र २५–१५ को सोझो सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच शिक्षदीपका आर्दश लिम्बु घोषित भए ।

 

सम्बन्धित खवर