नगर खेलकुद महोत्सवः फुटबल प्रतियोगिताको उपाधि सिरिजंगा एफसीले चुम्यो

माघ १६, पथरी । पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत फुटबल प्रतियोगिताको उपाधि सिरिजंगा एफसीले चुमेको छ ।

पथरीको रंङ्गशालामा सोमबार भएको फाइनल खेलान नाजारिन युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । खेलको पहिाले हाफको २ मिनेट जादा सिरिजंगा एफसीका जर्सी नं ७ का संयोग थापाले हेडमार्फत गोल गरे । खेलमा त्यो गोल नै निर्णायक गोल बनेको थियो । सुरुवातदेखि नै सिरिजङ्गाले विपक्षी नाजरिनलाई दबाबमा राखेका थिए ।

खेलमा सिरिजंगा फुटबल टिमका संयोक थापा म्याच अफ दि म्याच घोषित भए । उनी सहित विजयी सबै विधाका उत्कृष्ट खेलाडीहरूलाई नगरप्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देवी माया काफ्ले, वडाध्यक्षहरु क्रमशः नविन कार्की, भीम राई, नैना राई, विजय लिम्बु, जीवन खतिवडा, कार्यपालिका सदस्यहरू, कर्मचारी उपस्थितिमा अतिथिहरूले खेलाडीहरूलाई नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए ।

उपाधि जितेका सिरिजंगाले १ लाख, उप विजेता नाजरिनले ५० हजार नगद, ट्रफी, मेडल पुरस्कर प्राप्त गरेका थिए । नगरमा दर्ता भएका १० टिमले सहभागीता जनाएको थियो । खेलको आयोजना पथरी शनिश्चरे नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न भएको हो ।

सम्बन्धित खवर