राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बुद्ध मावि प्रथम, भलिबलमा एभरेष्टलाई २ स्वर्ण

२१ माघ, पथरी । मोरङको पथरीशनिश्चरे स्थित पञ्चायत माविमा भएको पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगता शनिबार सम्पन्न भएको छ ।

प्रतियोगितामा ९ वटा स्वर्ण र ३ रजत पदकसहित बुद्ध मावि प्रथम भएको छ । त्यसैगरी ४ स्वर्ण र ५ रजत पदकसहित सिंहबाहिनी मावि दोस्रो, ४ स्वर्ण र ३ रजतसहित पञ्चायत तोस्रो भएका छन ।

अमरसिंह ३ स्वर्ण १ रजत, जनता मावि २ स्वर्ण ४ रजत, रेडस्टार २ स्वर्ण ३ रजत, बाल कल्याण २ स्वर्ण २ रजत, एभरेष्ट आमावि २ स्वर्ण, सुनाखरी माविले १ स्वर्ण २ रजत, अरुणोनय १ स्वर्ण १ रजत पदक प्राप्त गरेर पदक तालिकामा क्रमस चौथो देखि दशौं भएका छन ।

स्वर्ण जित्न नसकेका चन्द्र किरातेस्वर माविले ३ रजत, अन्नपूर्ण र दुर्गा माविले १—१ रजत पदक प्राप्त गरेका छन । पथरीशनिश्चरे नगरमा रहेका २६ वटा मावि मध्ये २० वटा विद्यालयहरु पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएका थिए ।

पदक बिहिन विद्यालयहरु
सहभागी मध्ये बाल्मीकि, न्यूपेगोडा, भूपूसैनिक, बाल नमुना, प्याराडाइज, भागिरथ र सुगाहाट माविहरु खालिहात घर फर्केका छन ।

भलिबलमा दुबै स्वर्ण एभरेष्टलाईप्रतियोगिताको आकर्षणको रुपमा रहेको भलिबल छात्र र छात्रा दुबैतर्फ पथरीशनिश्चरे १ स्थित एभरेष्ट आवासीय माविले स्वर्ण पदक हात पारेको नगर शिक्षा शाखाका अधिकृतसमेत रहेका खेलकुद समितिका सदस्य सचिव नवीन खुलालले जानकारी दिए ।

एभरेष्टले छात्रतर्फ पञ्चायत मावि र छात्रातर्फ रेडस्टार बोर्डिङसँग फाइनल खेलेका थिए । बलिबलमा दुबै विद्यालयलाई पराजित गर्दै दुई स्वर्ण हाता पारेको हो । त्यसैगरी छात्रतर्फ कबडीकबडीमा सुनाखरी माविलाई पराजित गर्दै रेडस्टारले स्वर्ण पदक जितेका थिए । छात्रातर्फ बुद्ध माविले स्वर्ण पदक जितेका हुन ।

खेलकुदमा सामुदायिक विद्यालय अगाडि
राष्ट्रपति पाँचौ रनिङ शिल्डमा पदक बिजेताहरुको मूल्याङ्कन गर्दा खेलकुदमा संस्थागत ९निजी० भन्दा सामुदायिक ९सरकारी० विद्यालयहरु अगाडि देखिएका छन । प्रतियोगितामा पदक प्राप्त गर्ने १३ विद्यालयहरु प्रथमदेखि पाँचौ हुँदै पादक पाउने आठ वटा विद्यालयहरु सामुदायिक रहेका छन ।

छैटौ ९संस्थागत पतर्म सबैभन्दा बढी० रेडस्टार बोर्डिङ स्कुल भएका छन । रेडस्टारसँगै पाँच वटा संस्थागत विद्यलयले मात्र पदक जित्न सफल भएका छन ।

खालिहात घर फर्किने सात मध्ये पनि पाँच वटा संस्थागत र दुई वटा सामुदायिक विद्यालय रहेका छन । यसरी हेर्दा खेलकुद क्षेत्रमा संस्थागत भन्दा सामुदायिक विद्यालयका विद्यार्थीहरु उत्कृष्ट देखिएका छन ।
पथरीशनिश्चरे नगरमा ११ वटा सामुदायिक र १५ वटा संस्थागत विद्यालयबाट १९ वटा माविहरु प्रतियोगितामा सहभागी भएको आयोजक पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले बताए ।

प्रतियोगितामा भलिबल ९महिला, पुरुष०, कबड्डी ९महिला, पुरुष०, एथलेटिक्स ९दौड सयदेखि ४ हजार मिटरम्म०, उफ्रने फ्याक्ने हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, मार्सल आर्ट कराँते र तेक्वान्दोमा चार, चार तौल समूहमा प्रतिष्पर्धा भएको थियो ।

माघ १८ देखि २० गतेसम्म पञ्चायत माविको खेल मैदानमा भएको थियो । खेलकुद प्रतियोगितामा दुई सय बढी विद्यार्थी सहभागि भएको थियो ।

प्रतियोगिताको उद्घाटन पथरीशनिश्चरे नगर १ नं. वडा अध्यक्ष भीमकुमार राईको सभापतित्वमा नगर प्रमुख मोहन तुम्बापोको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा नगर शिक्षा बिभागका प्रमुख सालिग्राम काफ्ले, पञ्चायत मावि सञ्चालक समितिका अध्यक्ष युवाराज बास्कोटा, संविधान सभा सदस्य चण्डीप्रसाद राई, नेपाली कांग्रेसका क्षेत्रीय सभापति गणेश खड्का लगायतको उपस्थिति रहेको थियो ।

समापनमा पनि नगर प्रमुख मोहोन तुम्बापोको हातबाट पदक तथा मेडल र प्रमाणपत्रहरु वितरण गरिएको थियो । शिल्ड बिजेता बुद्ध मावि रहेको ८ नं. वडा अध्यक्ष नवीन कार्की, भलिबलमा दुवै स्वर्ण विजेता एभरेष्ट आमाविका संचालक÷प्रिन्सिपाल रबिन कङ्दङ्वा लगायत पदक विजेता विद्यालयका अभिभावकहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर