पञ्चायत माविले ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाए

२७ माघ, पथरी । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित पञ्चायत माविले भब्य रुपमा आफ्नो ४५ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । कार्यक्रममा शिक्षक कर्मचारीलाई सम्मान, बिपन्न विद्यार्थीहरुलाई पोसाक र न्यानो कपडा वितरण तथा सांस्कृतिक कार्यक्रमको साथ मनाएको हो ।

शुक्रबार भएको कार्यक्रममा विद्यालयमा लामो समयदेखि शिक्षण गर्दै आएका जानुका भट्टराई, सिर्जना राई, गणेश विष्ट, शम्भुराज थापा र कर्मचारी हेमकुमार गुरुङलाई सम्माण पत्रले सम्मान गरिएको थियो । अक्षयकोषदाताहरुलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा बिपन्न विद्यार्थीहरुलाई पोसाक तथा न्यायो कपडा वितरण भएको थियो । कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, अक्षयकोष दाताको तर्फबाट कृष्णकुमारी विक र सम्मानित शिक्षकहरुको तर्फबाट गणेश विष्ट लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा नगर शिक्षा विभाग प्रमुख सालिग्राम काफ्ले, १ नं. वडा अध्यक्ष भीमकुमार राई, २ का अध्यक्ष नैना राई, शिक्षा अधिकृत नवीन खुलाल, पथरी बहुमुखी क्याम्पस प्रमुख शान्तिराम तिम्सिना र भागिरथ माविकी प्रधानाध्यापक जानकी चेम्जोङ लगायतको उपस्थिति रहेको थियो ।

विद्यालयकी सहयाक प्रधानाध्यापक बिना खालिङ राई लगायत शिक्षिकाहरुले समेत नृत्य प्रस्तुत गरिएको कार्यक्रम १५ भन्दा बढी कालाकार विद्यार्थी समूहको नृत्य, गीत तथा साहित्यिक समाग्री प्रस्तुत भएको थियो । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष युवराज बास्कोटाको सभापतित्वमा भएको कार्यक्रम प्रधानाध्यापक अर्जुन बुढाथोकीले सञ्चालन गरेका थिए ।

दिवसको अवसरमा प्रमुख अतिथिको हातबाट विद्यालयको वेवसाइट पाञ्चायतमावि डटकमको सार्वजनिक भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु साँझसम्मै सांस्कृतिक कार्यक्रममा झुमेका थिए । विद्यालयमा हाल ३१ सय ९७ जना विद्यार्थी अध्ययनरत छन ।

सम्बन्धित खवर