८ फागुन, कानेपोखरी । विद्यालयमा स्थापन गरेको २१ वटा अक्षयकोषबाट २ सय ७ जना गरिव तथा जेहेन्दार छात्राछात्रले छात्रवृत्ति पाएका छन् । मोरङको कानेपोखरी ५ स्थित जहदामा स्थापित सिंहदेवी माध्यामिक विद्यालयको ५२ औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रममा २०७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारी, विशिष्ट अतिथि वडा नं.५ वडा अध्यक्ष चरण गुरुङले विभिन्न विद्याका पुरस्कार तथा छात्रवृत्ति प्रदान गरेका थिए । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।
विद्यालयले शैक्षिक सत्र २०७९ सालमा कक्षा नर्सरी देखी ९ सम्म प्रथम, द्धितीय र तृतीय हुनेलाई पुरस्कार प्रदान गरेको थियो । विद्यालयले कार्यक्रममा पूर्व शिक्षकहरु नविना डाँगी, विना मगर, विनोदकुमार पासवान, दिपेन्द्र अधिकारी, ओमप्रकाश रिजाल, पञ्चकुमार शाहलाई सम्मान गरिएको थियो । उनीहरुलाई सम्मान पत्र, मायाको चिनो, टोपी र मालाले सम्मान गरेको हो । सम्मान पत्र, नगद रकम, मायाको चिनो, डायरी र कलम प्रदान गरी १० बर्ष पुगेका शिक्षक जीवन राईलाई सम्मान गरिएको थियो ।
त्यस्तै भैपरी र पर्व विदा जोगाएका शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो । दौलत रिजाल, जीवन राई, उमा राना मगर, प्रेमकुमार यादव, दिलकुमारी राई, डम्बरकुमारी गुरुङ, सरिता कार्की खड्का, धनमाया लिम्बु, कमलसिंह धिमाल, भक्क्त खड्का, विनिता खत्री र महेश कुमार थापालाई नगद रकम, डायरी र कलम प्रदान गरी सम्मान गरिएको थियो ।
त्यसैगरी साईकल व्यवस्थापन, बढी विद्यालय उपस्थित हुने, अनुसाशित छात्राछात्र, पूर्व एसेम्ली क्याप्नेट र एसेम्ली व्यवस्थापन गर्ने छात्राछात्रलाई सम्मान गरिएको थियो ।
भखरै सम्पन्न भएको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितमा सिंहदेवी माध्यामिक विद्यालयले तेस्रो स्थान प्राप्त गरेको थियो । कार्यक्रममा तृतीय स्थान प्राप्त गराउने विद्यार्थीलाई नगद ५ सय र कपी कलम प्रदान गरी सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले सामूहिक नृत्य गरी उपस्थित अभिभावक तथा अतिथिहरुलाई मनोरञ्जन दिएका थिए । कार्यक्रममा शुभकामना मन्तव्य प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारी, विशिष्ट अतिथि वडाध्यक्ष चरण गुरुङले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा स्वागत मन्तव्य सहप्रधानाध्यापक दौलत रिजाललेले गरेका थिए । विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक विवरण विद्यालयका प्रधानाध्यपक धर्मराज थापाले प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजकुमार राई सभाअध्यक्षमा सम्पन्न भएको थियो ।
२०२८ साल फागुन ७ गते स्थापना भएको विद्यालय २०५४ सालमा निम्न माध्यामिक हुदै २०६४ सालमा माध्यामिक विद्यालयको रुपमा सञ्चालन हुदै आएको छ । हाल विद्यालयमा नर्सरी, केजी हुदै कक्षा १० सम्ममा ५२८ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा १० सम्ममा अंग्रेजी माध्यममा पठनपाठन भैरहेको प्रधानाध्यापक धर्मराज थापाले प्रतिवेदनमा प्रस्तुत गरेका थिए ।
विद्यालयमा २१ वटा अक्षयकोषको स्थापना
सिंहदेवी माविको स्वर्ण महोत्सव २०७८ मा जहदावासीहरुले ९ लाख ८८ हजार २ सय ५५ रुपैयाको अक्षयकोष स्थापना भएको छ । विद्यालयमा अध्ययनरत अपाङ्गता भएका तथा गरिव, दलित, जेहेन्दार छात्रछात्राहरुको लागि प्रदान गर्न स्वार्गीय आफ्न्तको नाममा २० वटा अक्षयकोष स्थापन गरेको हो ।
गंगाबहादुर स्मृती अक्षयकोष ६० हजार, दिलकुमरी राई स्मृती अक्षयकोष ६५ हजार २७ रुपैया, चन्द्रबहादुर तामाङ स्मृती अक्षयकोष ६५ हजार २७ रुपैया, भक्तबहादुर खवास स्मृती अक्षयकोष ७० हजार ६ सय ५, अनिलकुमार श्रेष्ठ स्मृती अक्षयकोष ५१ हजार, शुक्रमाया राई स्मृती अक्षयकोष २ लाख २ हजार २ सय २२ रुपैया, तसमाया राई स्मृती अक्षयकोष १ लाख १ हजार १ सय १ रुपैया, सग्रजित राई स्मृती अक्षयकोष १ लाख ११ हजार २ सय २२ रुपैया, जयसिंह राई स्मृती अक्षयकोष १ लाख १२ हजार ५१ रुपैया र कानेपोखरी बि. एण्ड बि. अक्षयकोष १ लाख ५० हजार रुपैयाको अक्षयकोष स्थापना गरेका हुन ।
त्यसैगरी जनजागृती अक्षयकोष ५१ हजार, छलिमाया निरौला स्मृति अक्षयकोष ५० हजार, सुवास गुरुङ स्मृती अक्षयकोष ५० हजार, महालक्ष्मी राई स्मृती ५० हजार, इन्द्रकुमारी लिङ्थेप स्मृती अक्षयकोष ४० हजार, निर्मल सुब्बा स्मृती ४० हजार, कुलबहादुर याक्खा स्मृती अक्षयकोष २५ हजार, दिवश जिमी स्मृती अक्षयकोष १ लाख २ हजार, दिलहर्क थापा स्मृती अक्षयकोष १ लाख ११ हजार १ सय ११ रुपैया र सुनकेशर श्रेष्ठ स्मृती ५५ हजार ५ सय ५५ रुपैयाको अक्षयकोष स्थापना गरेका थिए ।