रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

 

९ फागुन, विराटनगर । मोरङको रंगेली नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मंगलबारदेखि जनता क्याम्पसको खेल मैदानमा सुरुभएको प्रतियोगितालाइै रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै मेयर बगडीयाले रंगेली नगरपालिका खेलकुद क्षेत्रको चौतर्फी विकासमा लागि परेको बताए । उनले स्थानीयस्तरमा हुने खेलकुद प्रतियोगिताबाट राष्ट्रकै नाम राख्नसक्ने राम्रा खेलाडीहरु उत्पादन हुने मात्र नभई स्थानीय ठाउँको पहिचान स्थापित गर्ने माध्यमसमेत बन्ने बताए । मेयर बगडीयाले राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सामुदायीक र संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको बताउँदै भाग लिने सम्पूर्ण खेलाडी, प्रशिक्षकसहित विद्यालयहरुलाई शुभकामना दिए ।

उद्घाटन पछि रंगेली नगरपालिकाका जनप्रतिनिधिहरुबिच १ सय मिटर दौड प्रतिष्पर्धा गराउँदै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शुभारम्भ गरिएको थियो । त्यसअघि विद्यार्थीहरुले मार्चपास गरेका थिए । विभिन्न विद्यालयका विद्यार्थीहरुले राष्ट्रभक्ति र आफ्नो संस्कृती झल्काउने नृत्यसमेत प्रस्तुग गरेका थिए ।

प्रतियोगितामा छात्र र छात्राको एथलेटिक्स तर्फ एक सय, दुई सय, चार सय, आठ सय, १५ सय र तीन हजार मिटर दौड, सटपुट, कबड्डी, भलिबल, ट्रिपलजम्प, ज्याव्लिन थ्रो, लङ जम्प, हाइजम्पल, कराँतेलगायतको खेलमा प्रतिष्पर्धा रहेको छ । प्रतियोगितामा १३ सामुदायीक र ७ वटा संस्थागत विद्यालयको सहभागीता रहेको छ । प्रतियोगितामा प्रथम हुने खेलाडीहरुले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रतिष्पर्धा गर्न पाउनेछन् ।

प्रतियोगितामा प्रथम, द्वीतीय र तृतीय हुने विद्यालयरुलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै प्रतियोगिता भरी सहभागी हुने सवै विद्यालय, खेलाडी र प्रशिक्षकलाई सहभागीताको प्रमाणपत्र वितरण गरिने रंगेली नगरपालिका, सामाजिक विकास समितिका संयोजक अवधेश मण्डलले जानकारी दिए । सो प्रतियोगिता बिहीबार सम्पन्न हुने र सोही दिन पुरस्कारहरु वितरण गरिने नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा रंगेली नगरपालिकाकी उपमेयर भूमा पराजुली, प्रमुख प्रशासकिय अधिकृत तेजिन्द्र गौतम, स्थानीय बुद्धिजिवि सुरेस मिश्रा, नगरपालिकाको विषयगत शाखाका प्रमुखहरु, सवै वडका वडाध्यक्ष एवम वडा सदस्यहरु, स्थानीय वुद्धिजिवि समाजसेवी एवम् शिक्षाप्रमी, स्थानीय राजनीतिक दलका प्रमुख एवम् प्रतिनिहरुलगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर