श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गरिनुपर्ने माग, फोनिज मोरङले बुझायो ज्ञापनपत्र

१५ फागुन, विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङ शाखाले स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गरिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका छन ।

फोनिजले मंगलबार नेपाल पत्रकार महासंघ मोरङका कार्यवहाक अध्यक्ष मोहन भट्टराई, सचिब नेत्र पी अधिकारीलाई पत्रकार महासंघ मोरङमा सात दिनको अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएका हुन । संघीय फोनिजका अनुशासन समितिका संयोजक अर्जुन जम्मेली राई, फोनिज प्रदेश १ का इन्चार्ज भक्तशेर लिम्बु, फोनिज प्रदेश अध्यक्ष सन्तवीर लामा, सल्लाहकार फिबराज बेघाको उपस्थितीमा मोरङ अध्यक्ष दिनेश सुब्बा लिम्बु र सचिब अनिल श्रेष्ठले ज्ञापन पत्र बुझाएका छन । फोनिज मोरङले नेपाल पत्रकार महासंघ मोरङ शाखामार्फत नेपाल पत्रकार महासंघ केन्द्रमा पुर्याउन ज्ञापन पत्र बुझाएका हुन । अध्यक्ष सुब्बाले सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गरिनुपर्ने माग राख्दै सात दिनको अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएको बताए । फोनिजको माग प्रति नेपाल पत्रकार महासंघले बेवास्था गरेको खण्डमा केन्द्रको सर्कुलेसन अनुसार आन्दोलनमा उत्रिने उनले चेतवनी दिए ।

ज्ञापन पत्र बुझदै नेपाल पत्रकार महासंघ मोरङका कार्यवहाक अध्यक्ष मोहन भट्टराईले सत्य र तथ्यका लागि लड्ने पत्रकारले इतिहासको तथ्यका सम्मान गर्नुपर्ने धारणा राखे । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई मान्ने गरिएको छ । २००८ सालमा नेपाल पत्रकार संघको स्थापना गर्दा श्रेष्ठ अध्यक्ष भएकाले उनलाई महासंघको संस्थापक अध्यक्ष घोषणा गर्नुपर्ने फोनिजको माग रहेको छ ।

स्वर्गीय श्रेष्ठ २००८ सालमा नेपाल टुडेको सम्पादक थिए । उनकै सभापतित्व र तरंगका सम्पादक भोजबहादुर सिंह न्यौपाने सचिव रहेको पहिलो पत्रकार संघको गठन भएको थियो । यसैले नेपाल पत्रकार संघका पहिलो सभापति सत्यनारायण बहादुर श्रेष्ठ नै रहेको तर्क गर्ने गरिएको छ ।

उनकै सभापतित्वमा गठन भएको नेपाल पत्रकार संघको दोस्रो सभा २००९ साल वैशाख २८ गते भोटाहिटीस्थित आर्य समाजको भवनको सभाकक्षमा भएको थियो । यो सभाले पनि सत्यनारायण बहादुर श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकार संघ पुनर्गठन गरेको थियो । यसको तीन वर्षपछि मात्र दोस्रो नेपाल पत्रकार संघको गठन भएको थियो ।

२०१२ साल चैत्र १६ गते पत्रकारहरुको बैठकबाट नेपाल पत्रकारका तत्कालीन सम्पादक कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति भएका थिए । सत्यनारायणबहादुर श्रेष्ठ भन्दा चार बर्ष पछि मात्रै नेपाल पत्रकार संघको अध्यक्ष बनेका कृष्णप्रसाद भट्टराईलाई संस्थापक सभापति भन्ने गरिएको प्रति पÞमेनिजले आपत्ति जनाउँदै आएको छ । फोनिजले आज देशभरीको शाखा कार्यालय र प्रदेश कार्यालयहरुमा सत्यनारयण बहादुर श्रेष्ठलाई संस्थापक अधयक्ष कायम गरिनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको छ ।

सम्बन्धित खवर