फागुन २१ गते, कानेपोखरी । मोरङको कानेपोखरी –६ स्थित रमाइलोमा रहेको जेनिथ इङ्लिस स्कुलले आफ्नो १५ औँ वार्षिक खेलकुद कार्यक्रम अन्र्तगत २५७ जना विद्यार्थीलाई पुरस्कार प्रदान गरेको छ ।
शुक्रबार भएको पुरस्कार वितरण कार्यक्रममा भलिवल, फुट्सल, दौढ, सेक रेस, लङजम्प, मेमोरी गेम, बुक ब्यालेन्स, इनआउट, अपडाउन, लगाएत १२ वटा खेलहरुमा प्रथम, द्धितीय र तृतीय हुने २५७ जना विद्यार्थीलाई पुरस्कार वितरण गरेको हो । वार्षिक खेलकुद कार्यक्रम फागुन ३, ४ र ६ गते खेलाइएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि वडा नं. ६ का वडा अध्यक्ष खड्ग बहादुर बस्नेत, अतिथिहरु सिटिएफ नेपालका काउन्सेलर लक्ष्मी प्रसाद राई, मोरङ सि.च. आईटिएफ तेक्वाण्डो संघका अध्यक्ष युवराज भुजेल, स्थानीय बुद्धिजिवी वुद्धिनाथ लम्साल, शिक्षकशिक्षिकाले पुरस्कार प्रदान गरेका थिए ।
सामुहिक खेलहरु हाउस अन्र्तगत खेलाइएको थियो । भलिबलमा छात्र तर्फ रेड हाउसले उपाधि चुमेको थियो । आयुस राई, अविशेक माझी, अंकित लिम्बु, अनमोल खिम लिम्बु, केसाङ घिसिङ, मौसम लिम्बु, सन्देश राई र आर्यन राईको टिमले उपाधि हात पारेको हो ।
त्यस्तै छात्रा तर्फ ब्लु हाउसले उपाधि चुम्न सफल भएको थियो । अविशाना पराजुली, ओजस्वी पराजुली, जेनी सुब्बा, निशा लिम्बु, युनिशा कटुवाल, लजिना राई, जेशिका माझी, क्रिस्टटिना श्रेष्ठ, मनिका माझीको ब्लु हाउस टिमले उपाधि चुम्न सफल भएको हो ।
त्यस्तै छात्र तर्फ जुनियर फुटसलको उपाधि ग्रिन हाउसले हात पारेको छ । विनित चौधरी, सुसन राई, सुमित चौधरी, प्रगेश श्रेष्ठ, दिप्सन वि.क., आदित्य ठाकुर, अंकित तामाङको टिमले उपाधि चुमेको थियो । त्यस्तै जुनियर छात्रा तर्फ फुट्सल तर्फ एल्लो हाउसले उपाधि चुमेको हो । निश्मा शिवा, नुमा लिम्बु, दिपा खड्का, रेनुका बिष्ट, रोजिसा श्रेष्ठ, आयुस पुरी, पुस्पा कार्की, स्नेह धिमाल, ग्रिस्मा राई, रितु श्रेष्ठ, आकृति तामाङको टिमले उपाधि जितेको थियो ।
त्यस्तै सेनियर छात्र तर्फ फुटसल खेलमा रेड हाउसले उपाधि चुमेको हो । आयुस राई, अविशेक माझी, अंकित लिम्बु, अनमोल खिम लिम्बु, केसाङ घिसिङ, मौसम लिम्बु, सन्देश राई र आर्यन राईको टिमले उपाधि हात पारेको हो । त्यस्तै सेनियर छात्रा तर्फ फुट्सल खेलमा ब्लु हाउसले उपाधि चुमेको थियो । अविशाना पराजुली, जेनी सुब्बा, निशा लिम्बु, युनिशा कटुवाल, लजिना राई, जेशिका माझी, क्रिस्टटिना श्रेष्ठ, मनिका माझीको ब्लु हाउस टिमले उपाधि चुम्न सफल भएको हो ।
उतीहरुलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
तेस्रो त्रैमासिक परीक्षामा प्रथम, द्धितीय र तृतीय हुनेलाई पुरस्कार प्रदान
त्यस्तै कार्यक्रममा शैक्षिक सत्र २०८० को तृतीय त्रैमासिक परीक्षामा प्लेग्रुप देखि कक्षा ८ सम्म प्रथम, द्धितीय र तृतीय हुने छात्राछत्रलाई पनि पुरस्कार प्रदान गरिएको थियो । प्लेग्रुपबाट प्रथम जस्मीन श्रेष्ठ, द्धितीय नेहा माझी, तृतीय संयोज लिम्बु भएका छन् । त्यस्तै नर्सरीबाट प्रथम निश्मा मगर, द्धितीय समिक्षा कटुवाल र दिपेश राई तेस्रो भएका छन् । त्यस्तै कक्षा एलकेजीबाट विकल्प मण्डल प्रथम, रेश्मा बास्तोला द्धितीय र तेस्रो मिना कटुवाल भएका छन् । त्यस्तै कक्षा नर्सरीबाट प्रथम रेविका अधिकारी, द्धितीय एकता गुरागाई, तृतीय जेनिशा श्रेष्ठ भएका थिए । त्यस्तै कक्षा १ बाट कृटिना खड्का प्रथम, सुप्रिया राई द्धितीय र जोनिशा माझी तृतीय भएका थिए ।
त्यस्तै कक्षा २ बाट प्रथम प्रिन्सा खनाल, द्धितीय रोश्नी बास्तोला र तृतीय रोजिशा श्रेष्ठ भएका थिए । त्यस्तै कक्षा ३ बाट प्रथम अनुस्का माझी, द्धितीय सुहाङमा लिम्बु र तृतीय स्नेहा धिमाल भएका थिए । त्यस्तै कक्षा ४ बाट प्रथम समिप बस्नेत, द्धितीय हरिओम राजवंशी र तृतीय निमेश राई भएका थिए । त्यस्तै कक्षा ५ बाट ओजस्वी पराजुली, द्धितीय अविशाना पराजुली र तृतीय शशि मण्डल भएका थिए । त्यसैगरी कक्षा ६ बाट प्रथम प्रियङका राई, द्धितीय अंकन श्रेष्ठ र तृतीय प्रकृती दुलाल भएका छन् । त्यसैगरी कक्षा ७ बाट प्रथम पुष्पलाल गिरी, द्धितीय सोइच्छा कटुवाल र तृतीय रक्षा न्यौपाने भएका थिए । त्यस्तै कक्षा ८ बाट प्रथम एन्जल खतिवडा र द्धितीय राज खड्का भएको थियो । उनीहरुलाई कक्षा शिक्षकले पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा सांस्कृतीक नृत्यहरुले उपस्थित अभिभावकहरुलाई मनोरञ्जन गराएका थिए । नृत्य, गायन र सि.च. आईटिएफ तेक्वाण्डोमा आवद्ध विद्यार्थीले डेमोस्टेसन र प्याटन प्रदर्शन गरेका थिए ।
कार्यक्रमका सभा अध्यक्षता विद्यालय संचालक सदस्य अशोक फुयलले गरेका थिए भने कार्यक्रम संचालन शिक्षिका मनिका मगरले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य प्रिन्सिपल जयबहादुर राईले गरेका थिए ।