बुधबार, माघ २८, २०८२

राष्ट्रब्यापी बुद्धिचाल प्रतियोगिताको चौथो राउन्ड सकिदा ५ जनाले निकाले सतप्रतिशत जित

चैत्र २९, पथरी । मोरङको पथरीशनिश्चरेमा जारी ’सहिद रत्नकुमार वान्तावा राई तेस्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’को चौथो राउन्ड सकिदा पाँच जनाले सत प्रतिशत जित निकाल्दै ४÷४ अंक जोडेका छन ।

फ्रेण्डसीप चेस क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा सतप्रतिशत जित निकाल्नेहरुमा झापा दमकका राजन सुवेदी, पूर्ब मोरङ च्याम्पियन राजेन्द्र राई, सुनसरीका राजनकुमार पोख्रेल, झापा दमकका सुमन श्रेष्ठ, काठमाडौका पूर्ब नेपाल च्याम्पियन नवीन तन्डुकर रहेका छन ।

त्यसैगरी ६ जना खेलाडीले अपराजित यात्रा तय गर्दै साढे ३÷३ अंक जोडेका छन ।

अपराजित यात्रा तय गर्नेहरुमा मोरङ पथरीशनिश्चरेका लोकसागर साम्बा, काठमाडौ घर भएका १८ बर्ष मुनिका पुर्सोतम सिलवाल, २००० माथि रेटिङ रहेका मिलन लामा, दोलखाका खेलाडी आशिष फुयल, शुश्रुत दाहाल ९यहि प्रतियोगिताको पहिलो संस्करण बिजेता० र काठमाडौं उपत्यकाको ललितपुर घर भएका वर्तमान नेपाल च्याम्पियन रुपेश जैसवाल रहेका छन ।

प्रतियोगितामा २८ जनाले ३÷३ अंक प्राप्त गरेको प्रमुख आरबिटर डम्बर राईले बताए । प्रतियोगितामा देशभरबाट १५० खेलाडी सहभागी रहेको आयोजक फ्रेण्डसीप चेस क्लबका अध्यक्ष अमिर राईले बताए ।

स्वीस लिग अन्तरगत ९ राउन्ड हुने खेलमा सबैभन्दा बढी अंक ल्याउने र बराबर भएमा इन्काउन्तरमा जित्ने खेलाडी बिजय हुने प्रमुख आरबिटर डम्बर बाछना राइले बताए ।

प्रतियोगिताको बिजेतालाई ५१ हजार, दोस्रोलाई ३५, तेस्रोलाई २५, चौथोलाई २० हजार लगायत १५ औं सम्मका खेलाडीहरुलाई जनही १० हजारको दरले र अन्य विभिन्न २१ बिधामा गरेर ३६ जनालाई गरेर ३ लाख ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक सस्थाको उपाध्यक्ष रोहित सुब्बाले बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.