सोमवार, पुस २८, २०८२

ओरेक नेपालद्धारा किशोरकिशोरीलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि तालिम

११ बैशाख, कानेपोखरी । ओरेक नेपालले बालविबाह, यौन तथा प्रजनन स्वास्थ्य अधिकारको बारेमा किशोरकिशोरीलाई दुई दिने तालिम सम्पन्न गरेको छ ।

मोरङको लेटाङ स्थित कृषि तालिम केन्द्रमा आइतबार तालिम सम्पन्न गरेको हो । कानेपोखरी गाउँपालिकाको सहयोगमा आयोजना गरिएको कार्यक्रममा कानेपोखरीका १६ जना विद्यार्थीहरु सहभागि थिए । ६ वटा सामुदायिक विद्यालयका दुई÷ दुई जना विद्यर्थी र युवा समुहका ४ जना युवालाई तालिममा सहभागि गरिएको थियो । कार्यक्रममा ओरेक नेपालक कानेपोखरीकी खेमकुमारी दाहालले ओरेक नेपालले कानेपोखरी क्षेत्रमा विभिन्न कार्यक्रम गरेको जानकारी दिदै लैङ्गिक हिसां विरुद्ध विभिन्न कार्यक्रम संचालन गर्दै आएको र कानेपोखरीमा हुने बिभिन्न महिला हिसांहरुका मुद्दामा आवाज उठाउदै आएको जानकारी दिएका थिए ।

ओरेक नेपालको अनुसन्धान संयोजक सुमित्रा पौडेलले किशोर अबस्थाका मुख्य समस्या, यौन स्वास्थ्यको परिभाषा, प्रजनन स्वास्थ्यको परिभाषा, प्रजनन अधिकार, किशोरकिशोरीहरुमा आत्महत्या गर्ने प्रवृती, राष्ट्रिय किशोरकिशोरी स्वास्थ्य तथा विकास रणनीति २०७५, नेपालमा किशोरकिशोरी लक्षित स्वास्थ्य सेवाको प्रवाह, लैङ्गिकतामा आधारित हिंसाका आधारभुत अबधारणा, जिबिभीको अबधारणा र शव्दाबलीहरु, लैङ्गिकतामा आधारित हिसांको परिभाषा, बाल बिवाह, बालबिवाहको कारणले हुन सक्ने समस्या जस्ता बिषयमा जानकारी दिए ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.