यलम्बर चोकमा यलम्बरको मूर्ति स्थापना

१८ वैशाख, पथरी । मोरङको पथरी शनिश्चरे–१ स्थित यलम्बर चोकमा यलम्बरको मूर्ति अनावरण गरिएको छ । नगर प्रमुख मोहन प्रसाद तुम्वापोले सोमबार अनावरण गरेको हो ।

नगरपालिकाको बजेटबाट निर्माण भएको ९ लाख ९४ हजारको ढलोट (तामा र पित्तल) को साढें ५ फिट उच्चाईको यलम्बरको मूर्ति स्थापना गरिएको थियो ।

यसअघि संघीय सरकारबाट १४ लाख १० हजार, स्थानीयबाट १ लाख ८ हजार ५५९ बजेटबाट मूर्ति राख्ने बेस निर्माण भएको थियो । मूर्ति राख्ने बेस निर्माण महेन्द्र राईको अध्यक्षतामा निर्माण समितिले काम सम्पन्न गरेको थियो । मूर्ति निर्माणको काम सन्तोष गुरुङ, कर्ण नेम्वाङ, जोन सुब्बा लगायतका समितिले गरेका थिए ।

यलम्बरको मूर्ति अनावरण कार्यक्रममा निवर्तमान नगर प्रमुख दिलिपकुमार राई, वडा नं. १ का वडाध्यक्ष भीम राई, किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई, कार्यपालिका सदस्य वीरध्वज शिवा, वडा सदस्यहरु सुरेश कार्की, पूर्ण कार्की, बसन्ती गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर