पञ्च कन्या आधारभूतका छात्राछात्रलाई ट्रयाक सुट र ब्याग प्रदान

२९ बैशाख, कानेपोखरी । मोरङको कानेपोखरी–४ स्थित मिलन चोकमा रहेको पञ्चकन्या आधरभूत विद्यालय छात्रछात्रालाई शैक्षिक सामाग्री प्रदान गरिएको छ ।

शुक्रबार धरान –१२ निवासी तुलसी वस्तीले सो विद्यालयका छात्राछात्रलाई निशुल्क ३० थान ट्रयाक सुट र ३ थान ब्याग, पेन्सिल र कपी वितरण गरेको हो । वस्ती मितेरी बैंकका कार्यकारी प्रमुख पनि हुन ।

समाजसेवी वस्तीले यस अघि पनि यस विद्यालयका छात्राछात्रलाई पोसाक वितरण गर्दै आएको पञ्चकन्या आधरभूत विद्यालयका अध्यक्ष रोशन(महेन्द्र) लामिछाने गुरुङले बताए । वडा नं. ४ का वडा अध्यक्ष रमेश राउतको उपस्थितमा वितरण गरिएको थियो ।

सम्बन्धित खवर