एसिएन तेक्वाण्दो खेलको लागि मोरङबाट २५ जना खेलाडी सभहागी हुर्दै

३० बैशाख, कानेपोखरी । तेक्वान्दो महासंघको आयोजनामा काठ्माडौंमा हुन लागेको पहिलो अन्तर्राष्ट्रिय एसियाली खेल प्रतियोगितामा सि.एच.आइ. टि. एफ तेक्वादो मोरङबाट २५ जना खेलाडी सभहागी हुने भएको छ ।

आगामी जेठ ११, १२ र १३ गते काठमाण्डौंको दशरथ रंगशालामा हुने पहिलो अन्तर्राष्ट्रिय एसियाली खेल प्रतियोगितामा सहभागि हुन २५ जना खेलाडी शनिबार छनौट भएको हो । कानेपोखरी गाउँपालिकाबाट १५ जना र उर्लाबारी नगरपालिकाबाट १० जना जूनियर र सिनियर खेलाडी छनौट भएको मोरङ सि.एच.आइटिएफ तेक्वाण्दोका अध्यक्ष युवराज भुजेलले बताए ।

उक्त खेलमा १६ एसियाली मुलुकका खेलाडीहरु सहभागि हुने आयोजकले जनाएको छ । मोरङबाट जेठ १० गते कानेपोखरी गाउँपालिकाको प्राङ्गणबाट खेलाडीहरुलाई विदाई गरिने समितिका उपाध्यक्ष विद्यानन्द चौधरीले बताए ।

छनौट कार्यक्रममा तेक्वाण्दो संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक युवराज भुजेलको अध्यक्षतामा भएको थियो भने कार्यसमिति र अभिभावकहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर