वडाद्वारा विपन्न सुत्केरी महिलालाई पोषण सहयोग

१५ जेठ, पथरी । पथरी शनिश्चरे वडा नं. ८ ले ‘वडा अध्यक्ष मेरो साथी’ कार्यक्रम अन्तर्गत विपन्न सुत्केरी महिलालाई पोषण सहयोग गरेको छ ।
वडाको शुक्रबारेका तामाङ थरकी अति विपन्न वर्गको सुत्केरीलाई अण्डा, चामल, दाल, तेल, नुन लगायतको खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

वडामा जसको केही, कोही छैन त्यसको जनप्रतिनिधि छन भन्ने प्रत्याभूति दिलाउन सो कार्यक्रम अन्तर्गत विभिन्न टोलका नागरिकहरुलाई वडाले सहयोग गर्दै आइरहेको छ ।

सो कार्यक्रममा वडाध्यक्ष नविन कार्की, वडा सदस्यहरु बाबुराम चौधरी, झमकबहादुर लिम्बु, शान्ता योङहाङ, शिवकुमारी विश्वकर्मा र वडा सचिव बालकृष्ण राईको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर