एसियन तेक्वाण्दो खेलमा मोरङले २ स्वर्ण, ४ रजत र १० कास्य पदक जित्न सफल

दुर्गानारायण खतिवडा

१५ जेठ , कानेपोखरी । एसियन तेक्वाण्दो खेलमा विजेता खेलाडीहरुलाई कानेपोखरी गाउँपालिकाले भव्य स्वागत गरेका छन् । मंगलबार गाउँपालिकाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गर्दै स्वागत गर्दै बधाई दिएका हुन ।

कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम र गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीले स्वागत गर्दै बधाई दिएको हो । सि।एच।आईटिएफ तेक्वाण्दो संघ मोरङका अध्यक्ष तथा प्रमुख प्रशिक्षक युवराज भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यानन्द चौधरीले कार्यक्रम संचालन गरेका थिए ।

सि।एच।आईटिएफ तेक्वाण्दो संघ मोरङले एसियन तेक्वाण्दो खेलमा २ स्वर्ण पदक, ४ रजत पदक र १० वटा कास्य पदक जित्न सफल भएको थियो । काठ्माडौंको सात दोवाटोमा ११,१२ र १३ गते सम्पन्न खेलमा १४ स्पाइरिङ र २ प्याटनमा सो बराबरको पदक जित्न सफल भएको हो ।

स्वर्ण पदक विजेता आषिस भुजेल र गगन राई रहेका छन् । त्यस्तै विसिका धिमाल, लुजिना श्रेष्ठ, बिजन मैनाली, सूर्य चौधरीले रजत पदक विजेता हुन । त्यस्तै कास्य पदक विजताहरु आषिका मगर, विन्तिका लिम्बु, दिप्सना तामाङ, दिनेस वि।क, उत्सव बराल, निश्चल लिम्बु, अनुस्का धमला र सुजिता श्रेष्ठ रहेका छन् ।

नेपाल चान हुन अन्तराष्ट्रिय तेक्वाण्दो महासंघको आयोजनामा भएको कार्यक्रममा सि।एच।आईटिएफ तेक्वाण्दो संघ मोरङका अध्यक्ष तथा प्रमुख प्रशिक्षक युवराज भुजेलको नेतृत्वमा मोरङ जिल्लाबाट २५ जना खेलाडी सहभागि थिए ।

सम्बन्धित खवर