आदिवासी जनजाति क्षमता अभिवृद्धि तीन दिने कार्यशाला समापन

१५ जेठ, पथरी । पथरी शनिश्चरे वडा नंं. १० को सहयोगमा भएको तीन दिने आदिवासी जनजाति क्षमता अभिवृद्धि कार्यशालाको आज समापन भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ १० नंं. वडा समन्वय परिषद्ले कार्यशाला मंगलबार समापन भएको हो ।

पथरीमा जेठ १३ देखि १५ गते सम्म सञ्चालन भएको सो कार्यक्रमको सभाध्यक्ष अध्यक्ष सबिन तामाङको रहेको थियो भने प्रमुख अतिथि वडा नंं.१० अध्यक्ष जीवन खतिवडा रहेका थिए । सम्बोधन गर्ने क्रममा खतिवडाले वडामा यस खालको कार्यशाला अझ व्यवस्थित तरिकाले गर्दै लाने प्रतिवद्धता व्यक्त गरे ।

वडाका आदिवासी महिला पुरुष गरी कार्यशालामा जम्मा ५० बढीको सहभागिता रहेको थियो । सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । यस्तैगरी प्रशिक्षक काजीमान तामाङ थिङलाई आयोजकका तर्फबाट सम्मान गरिएको थियो । सुमन कुरुङबाङले सञ्चालन गरेको सो समापन कार्यक्रममा विभिन्न जातीय संघ संस्थाका प्रतिनिधिहरु र वडा सदस्य दिलबहादुर कार्कीको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर