१६ जेठ, पथरी । पथरी जेसीजले क्यान्सर सम्बन्धी महिला लक्षित सचेतना कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार पथरी शनिश्चरे– शान्ति चोकमा त्यहाँका महिलाहरुलाई भेला गरी क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम गरिएको हो ।
विराट टिचिङ मेडिकल कलेजकी क्यान्सर रोग विशेषज्ञ डा. अस्मिता रायमाझीले क्यान्सर सम्बन्धी सहजीकरण गरेकी थिइन् । कार्यक्रममा बढी महिला दिदी बहिनीहरूले आ–आफुले भोगेको स्तन, पाठेघर, फोक्सो, लगायतका विभिन्न स्वास्थ्य समस्याहरूबारे जिज्ञासा राखेका थिए ।
संविधान सभाका सभासद लालबहादुर ंसुस्लिलं मगरको प्रमुख आतिथ्यता तथा जेसीआई सिनेटर तथा वर्ष २०२४ का अध्यक्ष राजकुमार विश्वकर्माको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
जेसी तिर्थराज अधिकारीको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष कृष्ण बहादुर बस्नेत, शिव पञ्चायन मन्दिरकी संचालक समिति अध्यक्ष पुनम खतिवडा, विराट मेडिकल कलेजका मार्केटिङ म्यानेजर अपिल राई, पथरी बहुमुखी क्याम्पसका स्ववियु सचिव भुसाल खतिवडा, लगायतको उपस्थिति रहेको थियो ।