कानेपोखरीका आशिष र गगनले एशियन खेलमा जिते स्वर्ण पदक

१६ जेठ, कानेपोखरी । प्रथम सि.एच.आईटिएफ एशियन इन्भिटेशनल तेक्वान्दो च्याम्पियनशिप –२०८१ खेलमा मोरङको कानेपोखरी गाउँपालिकाका आशिष भुजेल र गगन राईले स्वर्ण पदक जितेका छन् ।

नेपाल चान हुन अन्तराष्ट्रिय तेक्वाण्दो महासंघको आयोजनामा काठ्माडौंमा भएको तेक्वाण्दो खेलमा भुजेल र राईले स्वर्ण पदक जितेको हो । त्यस्तै कानेपोखरीकै बिशिका धिमाल, बिजन मैनाली र लुजिना श्रेष्ठले तीन वटा रजत पदक जितेका छन् । खेलमा कानेपोखरीकै निश्चल लिम्बु, आशिका मगर र सुजिता श्रेष्ठले तीनवटा कास्य पदक जितेको सि.एच.आईटिएफ तेक्वाण्दो संघ मोरङको अध्यक्ष तथा प्रमुख प्रशिक्षक युवराज भुजेलले बताए ।

प्रशिक्षक भुजेलले धेरै संघर्ष पछिको सफलता पाएका बताए । उनले खेलाडीहरुलाई अब अन्य अन्राष्ट्रि खेल खेल्न विदेश पनि लगिने बताए ।

सि.एच.आईटिएफ तेक्वाण्दो संघ मोरङबाट २५ जना खेलाडी सहभागि थिए । जस्मध्ये उर्लाबारीबाट १ रजत र ७ वटा कास्य पदक प्राप्त गरेका थिए । उर्लाबारीका सूर्य चौधरीले रजत पदक र कास्य पदक विजताहरु विन्तिका लिम्बु, दिप्सना तामाङ, दिनेस वि.क, उत्सव बराल र अनुस्का धमला रहेका छन् ।

ललितपुरको कराँते हलमा ११, १२ र १३ गते सम्पन्न खेलमा १४ स्पाइरिङ र २ प्याटनमा सो बराबरको पदक जित्न सफल भएको हो ।

खेलमा सि.एच.आईटिएफ तेक्वाण्दो संघ मोरङका अध्यक्ष तथा प्रमुख प्रशिक्षक युवराज भुजेलको नेतृत्वमा उपाध्यक्ष विद्यानन्द चौधरी सहित खेलाडी सहभागि थिए ।

सम्बन्धित खवर