मोरङ ब्लाक बेल्ट समिति गठन, ३२ खेलाडीको कलर बेल्ट ग्रेडिङ सम्पन्न

दुर्गा नारायण खतिवडा
२७ जेष्ठ, कानेपोखरी । मोरङ सि.एच.आईटिएफ तेक्वान्डो संघले मोरङ कालो फित्ताधारी (ब्लाक बेल्ट) समिति गठन गरेको छ ।

मोरङको कानेपोखरी गाउँपालिका –६ स्थित जनसेवा माबिको प्राङ्गणमा सम्पन्न कार्यक्रममा १३ सदस्य समिति गठन गरेको हो । समितिको अध्यक्षमा आशिष भुजेल रहेका छन् । उपाध्यक्षमा बिन्तिका लिम्बु, सचिबमा लुजिना श्रेष्ठ, सह–सचिबमा सुन्दर लिम्बु र कोषाध्यक्षमा बिसिका धिमाल चयन भएका छन् ।

त्यस्तै दस्यमा पिन्सा कार्की, सुजिना श्रेष्ठ, पुर्णिामा अधिकारी, नन्दिका धिमाल, दर्शन राई, दिप्सना तामाङ, आर्यन राई र राजिन तामाङ रहेका छन । त्यस्तै मोरङ सि.एच.आईटिएफ तेक्वाण्डो संघमा प्रशिक्षक दिनेश बि.क. चयन भएका छन् ।

३२ खेलाडीको कलर बेल्ट ग्रेडिङ
त्यस्तै सोही दिन बेल्ट ग्रेडिङ कार्यक्रम पनि सम्पन्न गरेको छ । जिल्लाका ३२ खेलाडीको कलर बेल्ट ग्रेडिङ भएको छ । सेतो बेल्टबाट एल्लो बेल्टमा ८ जना, एल्लो बेल्टबाट स्टेप ग्रीनमा १ जना, स्टेप ग्रीन बाट ग्रीनमा ४ जना, ग्रीनबाट स्टेप ब्लुमा २ जना, स्टेप ब्लुबाट ब्लुमा ८ जना, ब्लुबाट स्टेप रेडमा ३ जना स्टेप रेडबाट रेडमा २ जना र रेडबाट स्ट्रेप बल्याकमा ४ जनाको ग्रेडिङ भएको संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक युवराज भुजेलले बताए ।

कार्यक्रमको प्रमुख अतिथि कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारी, विशिष्ट अतिथिमा कानेपोखरी ६ का वडा अध्यक्ष खड्ग बस्नेतले प्रमाण पत्र वितरण गरेका थिए ।

 

सम्बन्धित खवर