दुर्गा भवानी मन्दिरको अध्यक्षमा किसनलाल चौधरी

२४ भदौ, कानेपोखरी । मोरङको कानेपोखरी –२ स्थित केरौनमा रहेको दुर्गा भवानी मन्दिरको मन्दिर व्यवस्थापन समितिमा किसनलाल चौधरी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएको छ ।

स्थानीय ४० जना भेलाले ज्येठ नागरिक चौधरीको अध्यक्षतामा ९ सदस्य मन्दिर व्यवस्थापन समिति चयन भएको हो । समितीको सचिबमा देबचन राजबंंशी र कोषाध्यक्षमा दुर्गा नारायण खतिवडा रहेका छन । त्यस्तै सदस्यहरुमा सीता सुवेदी, सुटकी राजबंशी, चलन राजबंंशी, रोहित चौधरी, यादब नारायण राजबंंशी रहेका छ्न ।

सोही भेलाले ३ जनाको सल्लाहकार समिति पनि गठन गरिएको छ । सल्लाहकार समितीमा शकंर चौधरी, मेघनाथ मुखिया माझी र कुशेश्वर राजबंशी रहेका छ्न ।

 

सम्बन्धित खवर