३ कार्तिक, कानेपोखरी । मोरङको कानेपोखरी–५ स्थित कालीकोशी युवा समाजद्धारा कार्तिक ५ गतेदेखि दोस्रो खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु गर्ने भएको छ ।
क्लबले शनिबार रमाइलो क्याम्पसको खेल मैदानमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारे जानकारी गराएको हो । रमाइलो क्याम्पसको खेलमैदानमा हुने प्रतियोगिता ५ गतेदेखि सुरुभएर १४ गते समापन हुनेछ ।
पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष भट्टराईले खेल सम्बन्धि जानकारी दिएका थिए । उनले मानव स्वास्थ्य सचेतना, खेलकुद क्षेत्रको विकास, स्थानिय खेलाडीलाई राष्ट्रिय स्तर सम्म पु¥याउने, युवा पुस्तालाई लागुऔषधको कुलतबाट जोगाउने लगायतका लक्ष्य राखेर प्रतियोगिता आयोजना गरेको बताए ।
प्रतियोगितामा केचना, योङ बोइज, २५ बिगे, आयोजक, विराटनगर, नव प्रतिभा युवा क्लब, मैनावारी, रमाइलो, दमक, चिसाङ, केराबारी, मातृभूमि युवा क्लब, बिहिवारे, बेलवारी र जहदा गरि १६ वटा टिमले सहभागिता जनाउने अध्यक्ष भट्टराईले जानकारी दिए ।
प्रतियोगिताको प्रथम हुने टिमले ५० हजार, ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गर्ने छन् भने दोश्रो हुनेले ३० हजार रुपैयाँँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रत्येक दिन म्यान अफ दि म्याच प्रदान गरिने आयोजकले जनाएको छ । खेलमा सहभागि हुने टिमले इन्ट्री–फि प्रत्येक टिमबाट ५ हजारका दरले आयोजकलाई तिर्नुपर्ने व्यवस्था गरेको छ ।
प्रतियोगिताको समापनको दिन वेष्ट गोलरक्षक, हाई स्कोरर, उत्कृष्ट खेलाडी, अनुसाशित खेलाडीले म्यान अफ दि टुनामेन्ट जस्ता विद्यागत पुरस्कार र ट्रफीले पुरस्कृत गरिने तयारी गरेको छ ।
प्रतियोगिताको २ लाख ३४ खर्च हुने आयोजकले अनुमान गरेको छ । खेललाई गाउँपालिका, वडा नं. ५ ले मुख्य सहयोग गर्ने छन् भने सन्जिव सिंगक लिम्बू, डब्लु लिम्बू, बिक्रम चौधरी, अनिल धिमाल, विशु राई लगायतबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा आयोजक समितिका पदाधिकारी, सदस्य लगायत स्थानीय बुद्धिजीवीहरुको उपस्थिती रहेको थियो । उद्घाटन र समापन खेल दिनको २ बजेबाट हुने छन् भने अन्य खेलहरु दिनको ठिक ३ बजेबाट सुरु हुनेछ ।